रसुवागढी हाइड्रोपावरको सेयरमा किन लाग्छ सबैको आँखा ? लगानी गर्दा मालामाल
चर्चित कम्पनी चिलिमेको सहायक कम्पनी रसुवागढी हाइड्रोपावरले रसुवामा निर्माण गरिरहेको १११ मेगावाट क्षमताको आयोजना कछुवा गतिमा अगाडि बढेको छ ।
Advertisement 1
ठ्याक्कै निर्माण शुरु भएको ७ वर्ष पूरा भयो । आयोजना कहिले सकिन्छ भन्ने स्पष्ट जानकारी दिन न त चिलिमे जलविद्युत् कम्पनी तयार छ । न त सम्वद्ध आयोजना नै । न त नेपाल विद्युत् प्राधिरकण समेत केही भन्न सक्ने अवस्थामा छ
। आयोजनाको भौतिक प्रगति ८० प्रतिशत भएको भनिएको पनि डेढ वर्षजति भयो । पछिल्लो पटक कोरोनाका कारण चीन गएका कामदार आयोजनामा नआएपछि सबैभन्दा बढी मार परेको छ । आयोजनाको अन्तिम चरणको काम जारी छ । न्यून कामदारका कारण सोचेजति प्रगति हुन सकेको छैन ।
कामदार उपलब्ध भए एकाध महिनामा आयोजना सकिने अवस्थामा पुग्नेछ । तर, सबैभन्दा जटिल अवस्थामा भने प्रसारण लाइन निर्माण रहेको छ । आयोजनास्थलबाट चिलिमे अवसम्म प्रसारण लाइन निर्माण गर्नुपर्नेछ । सो कामसमेत प्रभावकारी रुपमा अगाडि बढ्न सकेको छैन । चिलिमे हवदेखि त्रिशुली थ्री बी हवसम्मको प्रसारण लाइनको कामको हालत पनि उस्तै छ ।
Advertisement 2
निर्माण व्यवसायीले सोचेअनुसारको काम गरेको छैन । कहिले कोरोना, कहिले वन क्षेत्रको जग्गा प्रयोगमा देखिएको समस्या त, कहिले अनेकन अन्य कारणले गर्दा आयोजना जटिलताको क्रममा फसेको छ । नेपाल विद्युत् प्राधिकरणको भनाईलाई पत्याउने हो भने अझै एक वर्ष काम सकिन लाग्छ । तर, सेयर बजारमा पछिल्ला दिनमा रसुवागढी जलविद्युत् कम्पनीको सेयरमा लगानीकर्ताको राम्रै आकर्षण छ । गत नोभेम्बर २३ देखि उकालो लाग्न थालेको सो कम्पनीको दोस्रो बजारमा प्रतिकित्ता रु ५०६ मा कारोबार भइरहेको छ । बिजुली नबलेको भएपनि कम्पनीको सेयरमा लगानीकर्ता राम्रैगरी आर्कषित भएका छन् । कम्पनीको कूल ६ करोड १५ लाख ७८ हजार ९०० कित्ता सेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत छ । यस्तै, कम्पनीको सेयरको कूल बजार पूँजीकरण समेत बढेर ३१ अर्ब १५ करोड ८९ लाख २३ हजार ४०० पुगेको छ । जलविद्युत् उपसमूह उचालिदा त्यसको सकारात्मक प्रभावमा रसुवागढीमा समेत परेको छ ।