के भयो कुलमान घिसिङको मुद्दा ?
नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले कार्यकारी निर्देशक कुलमान घिसिङलाई गरिएको नियुक्ति खारेजको माग गर्दै इजलासमा रिट परेको छ।
न्यायाधीश कुमार रेग्मीको इजलासमा पेसी तोकिएपनि आज उक्त मुद्दा सुनुवाइ हुन नसकेको अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले जानकारी दिए । घिसिङको नियुक्ति बदरको मागसहित निर्वतमान कार्यकारी निर्देशक हितेन्द्र शाक्यले मुद्दा दायर गरेका थिए ।
Advertisement 1
शाक्यले आफूलाई गैरकानुनी तवरबाट प्राधिकरणको प्रमुख पदबाट हटाइएको दाबी गर्दै पुनः नियुक्तिको माग समेत गरेका छन् ।
आज पेसीमा तोकिए पनि मुद्दा हेर्न नभ्याइएको अधिवक्ता पौडेलको भनाइ रहेको छ ।
प्रकाशित :२०७८ भाद्र २, बुधबार १७:५५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%