स्थानीय तहका ७७ सूचना प्रविधि अधिकृतका लागि २ दिवसीय क्षमता विकास तालिम सम्पन्न
प्रदेश सुशासन केन्द्र, जावलाखेल, ललितपुरले बागमती प्रदेशका ११ जिल्लामा पर्ने ७७ स्थानीय तहमा कार्यरत सूचना प्रविधि अधिकृतहरुका जना २ दिवसीय क्षमता विकास तालिम सम्पन्न गरेको छ ।
Advertisement 1
सार्वजनिक सेवालाई गुणस्तरीय, मितव्ययी र द्रुत बनाउन स्थानीय तहका सूचना प्रविधिसम्वद्द जनशक्तिको क्षमता विकास गर्न आवश्यक भएकोले केन्द्रले यस तालिम कार्यक्रम संचालन गरेको हो । यस कार्यक्रम भदौ महिनाको विभिन्न मितिमा ३ चरणमा संचालन गरिएको थियो ।
तालिम कार्यक्रममा सूचना प्रविधिसँग सम्बन्धित नीति तथा कानून, साइबर सुरक्षा, स्थानीय तहका वेवसाइट व्यवस्थापन, डिजिटल नेपाल फ्रेमवर्क, सूचना प्रविधि अधिकृतहरुको कार्य विवरण र आचार सहिंता जस्ता विषयमा संचार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, राष्ट्रिय सूचना प्रविधि केन्द्र लगायतका निकाय तथा तथा अन्य विज्ञहरुद्धारा सहजीकरण गरिएको थियो ।
Advertisement 2
केन्द्रका कार्यकारी निर्देशक गोपाल कृष्ण न्यौपानेले सेवा प्रवाहमा सुधार, नवप्रवर्तन र असल अभ्यासको संस्थागत विकास गर्न यस तालिम सहयोगी हुने बताउनुभयो । कार्यक्रमको संयोजन केन्द्रका उपनिर्देशक रेनुका चित्रकार, सन्ध्या लामिछाने र क्षमता विकास विज्ञ बिना पन्तले गर्नुभएको थियो।