खेलकुदमन्त्री लिम्बुको स्वास्थ्यमा सुधार
युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुको स्वास्थ्यमा सुधार आएको छ ।
Advertisement 1
शुक्रबार साँझ एक्कासी ज्वरो आएपछि शनिबार विहान उपचारका लागि वीर अस्पतालमा भर्ना भएका खेलकुदमन्त्री लिम्बुको स्वास्थ्यमा सुधार आएको हो ।
मन्त्री लिम्बुका स्वकीय सचिव रोशन विक्रम राईले भने ज्वरो आएसँगै डेङ्गु सङ्क्रमण देखिएपछि उहाँ अस्पतालमा भर्ना हुनुभएको थियो । पछिल्लो समय मन्त्री लिम्बुको प्लेटलेट्सको मात्रा बढेको उनको भनाइ छ ।
Advertisement 2
मन्त्री लिम्बु केहीदिन पहिले मोरङका विभिन्न डेङ्गु प्रभावित क्षेत्रमा स्वास्थ्य सामग्री प्रदान गरी काठमाडौँ फर्किएका थिए । वीर अस्पतालमा भर्ना भएका मन्त्री लिम्बुलाई डा ध्रुव गैरे नेतृत्वको टोलीले उपचार गरिरहेको छ ।
प्रकाशित :२०८० भाद्र ११, सोमबार १२:०९
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%