कृषि विश्वविद्यालयका लागि जग्गा टुङ्गोे

सप्तरीको राजविराजमा स्थापना भएको प्रदेश–२ कृषि विश्वविद्यालयका लागि जग्गाको टुङ्गो लागेको छ । राजविराज नगरपालिकाको आज कार्यपालिकाको बैठकले वडा नं १३ विषहरियामा कृषि विश्वविद्यालयका लागि २६ बिघा आठ कठ्ठा १८ धुर जग्गा दिने निर्णय गरेको हो ।

Advertisement 1

साविकको विषहरिया गाविस–५ हाल राजविराज नगरपालिका–१३ मा नेपाल सरकारको नाउँको नगरपालिका अधीनस्थ तथा रेखदेख नियन्त्रण संरक्षणमा रहेको कित्ता नं १ को २९–२–१८ मध्येबाट २६–८–१८ क्षेत्रफलको जग्गा कृषि विश्वविद्यालयका लागि ३० वर्षका लागि भाडामा दिने निर्णय गरेको जनाइएको छ ।

नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादवले कृषि विश्वविद्यालयका लागि उक्त जग्गा कार्यपालिकाको बैठकले निर्णय गरी आवश्यक सिफारिसका लागि जिल्ला प्रशासन कार्यालय सप्तरीसहित मालपोत कार्यालय र नापी कार्यालयसमेतलाई बोधार्थ गरिएको जानकारी दिए ।

Advertisement 2

प्रदेश–२ सरकारले अध्यादेशमार्फत स्थापना गरेको प्रदेश कृषि विश्वविद्यालयको भौतिक पूर्वाधार विकासका लागि रु ३१ करोड अनुदान दिन निर्णय गरेको छ । यसअघि राजविराजमा कृषि विश्वविद्यालयको कार्यालयसमेत स्थापना भइसकेको छ ।

प्रकाशित :२०७८ पुष १८, आईतवार २१:२७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry