लागुऔषधसहित विभिन्न जिल्लाबाट १७ जना पक्राउ

काठमाडौं। नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न जिल्लाबाट १७ जनालाई पक्राउ गरेको छ।

Advertisement 1

केन्द्रीय समाचारकक्षका अनुसार काठमाडौँ, कैलाली, झापा, बारा, चितवन, बर्दिया, दाङ, गुल्मी र सुर्खेतबाट उनीहरू पक्राउ परेका हुन्।
काठमाडौँबाट भारतका ३२ वर्षीय शिवकुमार चौहान, कैलालीबाट २७ वर्षीय अजय चौधरी, झापाबाट २७ वर्षीय रितेश राई र अनिल राई तथा बाराबाट ३१ वर्षीय विनय महतो र ३० वर्षीय सहजाद शेख पक्राउ परेका हुन्।

यसैगरी, चितवनबाट २२ वर्षीय विशाल घिसिङ, २६ वर्षीया अञ्जु रिजाल र २५ वर्षीय सुमेश गान्धारी, बर्दियाबाट ३२ वर्षीय रमेश चौधरी, दाङबाट २४ वर्षीय धनबहादुर खत्री, गुल्मीबाट सुन्तला सर्किनी तथा सुर्खेतबाट ३२ वर्षीय दीपक झा पक्राउ परेका छन्।

Advertisement 2

चितवन, बर्दिया र दाङका घटनामा पक्राउ परेका अन्य व्यक्तिको नाम सार्वजनिक गरिएको छैन। उनीहरूबाट गाँजा, खैरो हेरोइन र ब्राउनसुगर जस्तो देखिने पदार्थ बरामद भएको छ।

प्रकाशित :२०८३ मंसिर ११ गते, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]