सीमाको आपराधिक गतिविधि निर्मूल पार्न महानिरीक्षक अर्यालको निर्देशन

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सीमा नाका सुरक्षा चुस्तदुरुस्त राख्न निर्देशन दिएका छन् । महानिरीक्षक अर्यालले सिमानामा हुने आपराधिक गतिविधिलाई निर्मूल बनाई शान्ति सुरक्षा कायम गर्न सशस्त्र प्रहरीलाई अनुरोध गरे ।

Advertisement 1

सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ विन्ध्यवासिनी मुख्यालय रूपन्देही चन्द्रौटा कपिलवस्तको छैटौँ स्थापना दिवसमा उनले सीमा नाकामा सशस्त्र प्रहरीले निगरानी बढाउन निर्देशन दिए । प्रदेशभर खटिएका सबै सशस्त्र प्रहरीलाई सीमा सुरक्षा र विपद् व्यवस्थापनमा अनुशासन भई प्रस्तुत हुन महानिरीक्षक अर्यालले निर्देशन दिए । उनले भने, “विदेशी पर्यटक हाम्रो पाहुना भएकाले पर्यटकलाई कुनै पनि बहानामा दुःख नदिनू ।”

सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ विन्ध्यवासिनी मुख्यालय रूपन्देही चन्द्रौटा कपिलवस्तुका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक अभिकुमार खत्रीले सिमानाको शान्ति सुरक्षा र अपराध नियन्त्रणको लागि सशस्त्र प्रहरी अहोरात्र खटिँदै आएको बताए।

Advertisement 2

पाँच बर्ष पूरा गरी छैठौं बर्षमा प्रवेश गरेको उपलक्ष्यमा भाद्र ७ गते बाहिनी मुख्यालयमा आयोजित कार्यक्रममा महानिरीक्षक अर्यालयले स्थापना दिवसको अवसर पारेर बाहिनी मुख्यालयमा आयोजना गरिएको व्यवसायिक प्रतियोगिता, खेलकुद तथा हाजिरी जवाफ प्रतियोगितामा प्रथम भएको समूह तथासूहका कर्मचारीहरुलाई प्रमाणपत्र, मेडल तथा शिल्ड तथा बाहिनीको कामकारवाहीमा उत्कृष्ट कार्यगर्ने कर्मचारीहरुलाई प्रशंसापत्र प्रदान गर्नुका साथै अमर सशस्त्र प्रहरी परिवारका सदस्यहरुलाई सम्मान गरे ।

Advertisement 3

उनले बाहिनीले आफ्नो जिम्मेवारी इलाकामा शान्ति सुरक्षा अमन चयन काय राख्न तथा अपत्विपद्मा परेकाहरुको उद्धार तथा राहत कार्य प्रशंसा योग्य रहेको चर्चा गर्नुहुँदै आगामी दिनमा समेत अझ उत्कृष्ट कार्य क्षमता प्रदर्शन गरी जनताको मन जित्न सफल हुने विश्वास व्यक्त गरे । कार्यक्रममा शिबराज नगरपालिका प्रमुख अजय थापाले सशस्त्र प्रहरी बल, नेपालले प्रदर्शन गरेको कार्य क्षमता तथा सीमा सुरक्षामा देखाएको तत्परता प्रशंसायोग्य रहेको बताए। कार्यक्रममा बाहिनीपति अभिकुमार खत्रीले धन्यवाद ज्ञापन गरेका थिए ।

स्थापना दिवस कार्यक्रममा रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे, लुम्बिनी प्रदेशस्थित सशस्त्र प्रहरी बल, नेपालका कार्यालय प्रमुखहरु, नेपाली सेना, नेपाल प्रहरीका इकाई प्रमुखहरु तथा प्रदेश सरकारका पदाधिकारीहरुलगायत अमर सशस्त्र प्रहरीका परिवारजन, अवकाश प्राप्त तथा बहालवाला सशस्त्र प्रहरी कर्मचारीहरु एवं स्थानीयरुको समेत उपस्थिती रहेको थियो ।

साथै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सो बाहिनी अन्तर्गतका इकाईहरुको निरीक्षण भ्रमण समेत गर्नुभई त्यहाँबाट भएगरेका कामकारवाहीबारे जानकारी लिएका छन् । महानिरीक्षक अर्यालयले भाद्र ७ गते नै सशस्त्र प्रहरी बल, नेपाल नं. २८ गण कपिलवस्तु र बीओपी मर्यादपुरको निरीक्षण भ्रमण गरेका हुन् । उनले निरीक्षण भ्रमणको क्रममा त्यहाँ कार्यरत सकल दर्जाका राष्ट्रसेवक कर्मचारीहरुलाई अनअपेक्षा अनुसार त्रुटिरहित ढंगबाट कार्यसम्पादन गर्न
निर्देशन दिए ।

यसअघि भाद्र ६ गते सशस्त्र प्रहरी बल नेपाल नं. ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरको छैठौं स्थापना दिवससशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

प्रकाशित :२०८० भाद्र ८, शुक्रबार १०:३१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry