अपांगता भएका व्यक्तिको अभिभावक बन्दै रोटरी क्लब अफ बर्दिवास

रोटरी क्लब अफ बर्दिबासले अपांगहरुलाई निशुल्क कृत्रिम खुट्टा वितरण गर्ने भएको छ । आगामी भदौं १६ देखि २५ गतेसम्म शिविर आयोजना गर्न लागेको बर्दिबास रोटरीले खुट्टा गुमाएका अपांगहरुलाई कृत्रिम खुट्टा वितरण गर्न लागेको संस्थाका अध्यक्ष कृष्ण प्रसाद गौतमले जानकारी दिएका छन् ।
Advertisement 1
बर्दिबासस्थित बर्दिबास सेवा समिति भवनमा ९ दिनसम्म निशुल्क शिविर सञ्चालन गरेर खुट्टा वितरण गर्न लागिएको गौतमले जनाए । रोटरीका अनुसार पहिलो चरणमा कृत्रिम खुट्टाका अलवा कृत्रिम हात वितरण गर्न लागिएको हो ।
अपांगता भएकाहरुलाई हात खुट्टा वितरण कार्यक्रम भारतको रोटरी क्लब अफ जयपुर, रोटरी क्लब बिरगंज र नयाँ कदम ट्रस्टको प्राविधिक सहयोगमा हुन लागेको हो । कार्यक्रमको आयोजक हो,रोटरी क्लब अफ बर्दिबास ।
Advertisement 2
क्लबका अध्यक्ष गौतमका अनुसार खुट्टा नभएका ५० जना भन्दा बढि व्यक्तिहरु रोटरीको सम्पर्कमा आईसकेका छन् । यो पटकमा एक सय भन्दा अपांगता भएका व्यक्तिलाई कृत्रिम खुट्टा प्रदान गर्ने लक्ष्य लिएको छ । कृतिम खुट्टा लगाएपछि मजाले हिड्न सक्ने गौतमले बताए ।
रोटरीले नेपालभरका अथवा जुनसुकै समुदायको अपांगता भएका पनि शिबिरमा सहभागी हुन सक्ने जनाए । प्राकृतिक अङ्गहरूको जस्तो नभए पनि हिँडडुल नै गर्न नसक्नेहरूका लागि त्यस्ता कृत्रिम अङ्ग वरदान साबित हुने गौतमको जिकिर छ । अध्यक्ष गौतम आफ्नो नयाँ कार्यकालमा केही गरौँ भन्ने हुटहुटीका साथ दिनरात सामाजिक कर्ममा तल्लीन भएर लागेका छन ।