बिहारले रोक्ने, नेपालबाट बोक्ने, सशस्त्रले रक्सी बरामद गर्ने

भारतको बिहारमा रक्सी बिक्रीवितरण र सेवनमा पूर्ण रूपमा प्रतिबन्ध गरिएको छ। बिहारमा रक्सी प्रतिबन्धित भएका कारण त्यहाँका मानिसहरु रक्सी सेवन गर्नका लागि झापालगायत विभिन्न क्षेत्र ठाउँहरुमा आउने गछर्न्।

Advertisement 1

नेपाल भारत सीमास्थित झापा गाउँपालिकामा २ स्थित कुवाडी सडक बारी सडक खण्डबाट भारततर्फ लैजाँदै गरेको सवारी सहित सशस्त्र प्रहरीद्वारा २ लाख ९३ हजारको मदिरा बरामद गरेको छ । सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट टाघनडुब्बाबाट प्रहरी निरीक्षक दीपेन्द्रमणि राईको कमान्डमा खटिएको टोलीले झापा २ स्थित कुवाडी सडक बारी सडक खण्डबाट एक गाडी मदिरा बरामद गरेको हो ।

सोमबार दिउँसो अन्दाजी ४ बजेको समयमा बा २१ च ५०६० नम्बरको पिकअपमा पछाडि लुकाइछिपाई लगिरहेको अन्दाजी २ लाख ९३ हजार मूल्य बराबरको मादक पदार्थ गोरखा बियर, टुबोर्ग, ८८४८ रक्सी लगायत नाम गरेका मादक पदार्थ बरामद गरेको हो । सशस्त्रले मदिराको बिलबिजक केही नभएको जनाएको छ । भिसिटिएस र भ्याट बिल समेत नभएको अवस्थामा बरामद गरिएको मदिरा र गाडीसहित १७ लाख ९३ हजार मूल्याङ्कन गरी आन्तरिक राजश्व कार्यालय भद्रपुर बुझाइएको सशस्त्र प्रहरी बल झापाले जनाएको छ।

Advertisement 2

यसअघि पनि सशस्त्रले साउन १८ गते झापा १ लसुना बाट प्र १—०१—००१—७५०२ नम्बरको मारुती सुजुकीसहित मादक पदार्थ बरामद गरी आन्तरिक राजस्व कार्यालय भद्रपुरमा बुझाएको थियो ।

प्रकाशित :२०८० श्रावण ३१, बुधबार १०:०८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry