२० दिनभित्रमा इजाजत लिएका हतियार बुझाउन रसुवा प्रशासनको आग्रह
आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको चुनावलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय, रसुवाले आफूसँग भएका हातहतियार प्रहरी कार्यालयमा बुझाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।
Advertisement 1
प्रशासनले निर्वाचनलाई शान्तिपूर्ण र भयरहित तवरबाट सम्पन्न गर्न इजाजतप्राप्त हातहतियारसमेत प्रहरीलाई बुझाउन भनेको हो । जिल्ला प्रशासन कार्यालय रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले एक सूचना जारी गर्दै इजाजत लिई राखिएका हतियार बुझाउन आग्रह गरेका हुन् ।
सूचनामा ०७८ चैत्र मसान्तभित्रै हतियार बुझाउन आग्रह गरिएको छ । तोकिएको समयमा हतियार नबुझाएमा कानुन बमोजिम गरिने जनाइएको छ । निर्धारित समयभित्र नबुझाई अटेर गरी बसेको पाइएमा त्यस्ता व्यक्तिको हतियार खोजतलास गरी कानूनबमोजिम कारवाही प्रक्रिया अघि बढाइने जिल्ला प्रशासनको सूचनामा उल्लेख छ ।
Advertisement 2
प्रकाशित :२०७८ चैत्र ११, शुक्रबार १०:२२
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%