‘डबल गोल्ड मेडलिष्ट’ निहुरेले कसरी सुर्धादैछन् काठमाडौंका सडक ?

चार दशक अघि वाग्लुङमा जन्मिएका नारायणप्रसाद निहुरे अहिले डिभिजन सडक कार्यालय काठमाडौंको हाकिम हुन । ०५२ देखि ५५ सालसम्म सरकारी छात्रवृत्तिमा पोखराबाट सिभिल ओभरसियर,०५६ सालमा पुल्चोक क्याम्पसबाट व्याचलर इन इञ्जिनियरिङ पूरा गरेका उनी ०६१ देखि ६३ सालसम्म वल्ड बैंकका सिभिल प्रोजेक्टमा म्याग्दी,बाग्लुङ,बैतडी र बाजुरा लगायतका दुर्गम जिल्लामा काम गरे ।

Advertisement 1

त्यस पछि उनी मोडिए निजामती सेवामा । ०६३ सालमा इञ्जिनियरका रुपमा निजामती सेवामा पाइला राखेका निहुरेले शुरुका २ बर्षसम्म सडक विभाग अन्तरगतको वैदेशिक महाशाखामा बसेर काम गरे । त्यस पछि सुर्खेत,जुम्ला राजमार्गमा केही समय बिताए । भनिन्छ,सरस्वती र लक्ष्मी एक अर्काेका दुश्मन हुन । एकै पटक लक्ष्मी र सरस्वतीको कृपा हुँदैन तर निहुरेलाई लक्ष्मीको कृपा भइरहेको थियो नै सरस्वतीको कृपा पनि प्राप्त भयो र यही अवधिमा मास्टर डिग्री पार लगाए,समाजशास्त्रमा । पढाईमा तीक्ष्ण निहुरे त्यसपछि एडिबीको स्कोलरसिपमा प्रोजेक्ट डेभलपमेन्ट एण्ड म्यानजमेन्टमा स्नाकोत्तर तह पार लगाए । ०६८ पछिका तीन बर्ष काठमाडौं सडक बिस्तार आयोजनामा काम गरेका उनले काठमाडौंको मुख्य मुख्य सडकहरु हेर्ने काम गरे । ०७१ मा बढुवा भए पछि नारायणगढ मुग्लिन सडक आयोजनाको कमाण्ड सम्हाल्न पुगे । ०७२ पछि मध्यपहाडी राजमार्ग आयोजनाको विभिन्न स्थानमा रहेर जिम्मेवारी सम्हाल्ने काम गरे । उनले त्यहाँ हुँदा दुर्गम क्षेत्रको पुल निर्माणमा उल्लेख्य भूमिका निर्वाह गरे । ०७५ पछि शहीदमार्ग आयोजनामा योजना प्रमुखको जिम्मेवारी निर्वाह गरे । ०७७ सालसम्म मध्यपहाडी राजमार्गको जिम्मेवारी कुशलतापूर्वक निभाएका उनले त्यहाँ रहँदा उत्कृष्ट काम गरे पछि अवार्ड पनि हात पारे । ०७८ मा मध्यपहाडी राजमार्ग,धुलिखेलमा रहेर सात वटा जिल्ला हेर्ने काम गरेका उनी ७८ असोजदेखि डिभिजन सडक कार्यालय काठमाण्डौंका प्रमुखको जिम्मेवारीमा छन् । तीन विषयमा डिग्री हासील गरेका उनी डबल गोल्ड मेडलिष्ट समेत हुन । ०७१मा पूर्वाञ्चल विश्वविद्यालयबाट इञ्जिनियरिङ र एसियन इन्स्टिच्यूड अफ म्यानेजम्याण्टबाट गोल्ड मेडलिष्ट हुन । निहुरे जहाँ पुग्छन्,त्यहाँ केही न केही सुुधार गरेरै देखाउँदै आएका छन् ।

 

Advertisement 2

०७८ पछि काठमाडौंको प्रमुख भएर आएका उनले यो अवधिमा विभिन्न सडकहरुको मर्मत, सम्भार र विस्तार गर्ने काम गरेका छन् । विशेष गरी सडक डिभिजन काठमाण्डौंमा रहेका सडकहरु मर्मत भएर अहिले मुहार फेरेको दावी गर्दछन् उनी । निहुरेका अनुसार,नियमित मर्मत, पटक÷पटक मर्मत, आवधिक मर्मत, पुनः स्थापना, आकस्मित मर्मत गर्ने जिम्मेवारी हेर्दछ डिभिजन सडक कार्यालयले ।

राजधानीसँग जोडिएका विभिन्न सडकहरु छन् । हेटौंडा जाने थानकोट–चित्लाङ सडक, दक्षिणकाली–फर्फिङ हुदै हेटौंडा, सितापाइला धार्के हुदै धादिङ सडक, बालाजु मुड्खु हँुदै नुवाकोट जाने सडक, सामाखुसी टोखा हुदैं नुवाकोट जाने सडक यी सबैले राजधानी जोड्ने सडक यही कार्यालयले हेर्दछ । । यी सडकलाई स्तरउन्नती गर्ने र सुधार गर्ने हाम्रो जिम्मेवारमा हो डिभिजन सडक कार्यालय काठमाडौंको ।

Advertisement 3

निहुरे सो कार्यालयको कमाण्ड सम्हाल्न गएसँगै साखु जर्सिङपैवा सडक पिज तिव्रगतिमा भइरहेको छ । टोखा गुरुजुभञ्ज्याङको विभिन्न ठाउँहरुमा ढलानको कामले उसैगरी तिव्रता पाइरहेको छ । यस्तै बालाजु रानीपौवाको सडकको सुधार, अत्यन्त जीर्ण अबस्थामा रहेको दक्षिणकाली चोभार हुदै हेटौंडा जाने सडक सुधारको काम भइरहेको छ । यस्का अलवा थानकोट चित्लाङ सडकमा धेरै कामहरु भएको बताउँछन्,उनी । सो कार्यालयले हरेक महिना प्रगति विवरण सार्वजनिक गर्दै आएको छ । निहुरे कार्यालय प्रमुख भएर आउनु अघि यस्तो थिती थिएन । यस्का अलवा काठमाडौंका सडकलाई खाल्डाखुल्डी रहित बनाउने अभियानले तिव्रता पाएको छ । पछिल्लो चरणमा नयाँ वानेश्वर–पुरानो वानेश्वर–गौशाला–मित्रपार्क, डिल्लीबजार–बालुवाटार–विशालनगर, सामाखुशी–महाराजगञ्ज–चप्पलकारखाना (रिंगरोड), बालाजु चोक–प्रहरी चौकी, कोटेश्वर, नागपोखरी–नक्शाल लगायतका ठाउँमा खाल्डाखुल्डी पुर्ने काम गरेको छ । यस्का अलवा नारायणगोपाल चोक–बाँसबारी–मंडीखाटार, वानेश्वर–थापागाउँ हनुमानस्थान, त्रिपुरेश्वर,दरबारमार्ग–लाजिम्पाट, सानोगौचरण–कलोपुल–लामपोखरी–गणेशस्थान, लैनचौर–सोह्रखुट्टे लगायतका सडक खण्डहरुमा रहेका खाल्डाखुल्डीहरू मौसमानुकूल पिच गर्ने काम गरिरहेको छ । काठमाण्डौंमा जिल्ला करिव २५ सय किलोमिटर हाराहारी सडक छ जसमा ४ सय किलोमिटर मात्र यो कार्यालयको कार्यक्षेत्र भित्र पर्दछ । धेरै जसो भित्रीसडक, साना सडकहरु स्थानीय तहले हेर्दछन् । यस्का अलवा सडक पेन्ट गर्ने, सडक सुरक्षा सम्बन्धि संकेत÷चिन्ह तथा गैन्ट्री पोस्टहरु मर्मत सम्भार गरी पुनःस्थापना गर्ने लगायतका काम पनि यही निकायको काँधमा छ ।

निहुरेका अनुसार, कोटेश्वर जडिबुटी सडकको बायाँ सर्भिस लेनको जडिबुटी चोकमा रहेको अनाधिकृत संरचनाको कारण दशकौंदेखि विस्तार हुन नसकेको काठमाण्डौं महानगरसँगको समन्वयमा उक्त संरचना हटाइएको छ । जडिबुटी चोकको बायाँ सर्भिस लेनको विस्तार कार्य सम्पन्न भएको छ । आ.व. २०७२÷७३ देखि विस्तार शुरु भएर पनि लामो समयदेखि निर्माण कार्य सम्पन्न हुन नसकेको आकाशेधारा–राममन्दिर (कपन) सडकखण्ड सडक डिभिजन काठमाडौंको पटक पटकको अनवरत प्रयास पछि निर्माण कार्य सप्पन्न भएर कालोपत्रे गर्ने कार्य भइरहेको उनी बताउँछन् । विगत लामो समय देखि हुन नसकेका कामहरु सम्पन्न भएका छन् जस्तै मनोहरा, कपनको ८ किलोमिटर सडल ७ बर्ष देखिथला परेको सडको अघिल्लो आर्थिक बर्षमा सम्पन्न भएको उनको दावी छ । धेरै लामो समयदेखि सवारी आवागमनमा कठिनाई भैरहेको चोभार–दक्षिणकाली सडकको चोभार–टौदह खण्ड (करीब १.३० कि. मी.) सडक अस्फाल्ट कालोपत्रे सहित सडक मर्मत भएको छ । अनामनगरको पुल, घट्टेकुलोको पुल लामो समय देखि सम्पन्न हुन सकेको थिएन् ती पुरा भएको उनी सुनाउँछन् ।

प्रकाशित :२०८० श्रावण २६, शुक्रबार १४:५३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry