रसुवाको साहित्यमा १९ बर्षे किशोरीको ‘रेकर्ड ब्रेक’

मान्छेका लागि सबैभन्दा प्रिय हुन्छ आफ्नो इतिहास । इतिहास तिनैको लेखिन्छ,जस्ले रेकर्ड ब्रेक गर्दछ वा पहिलो बन्दछ कुनै पनि बिषयमा ।

Advertisement 1

रसुवाको साहित्यिक इतिहासमा १९ बर्षे एक किशोरीले रेकर्ड ब्रेक गरेकी छिन् वा भनौं इतिहास रचेकी छिन् । उनी हुन दीपा न्यौपाने ।
विज्ञान र उद्यम बिकास सहजकर्ता बिषय लिएर प्लस टु तहमा अध्ययनरत न्यौपाने कलेज समयबाट बचे खुचेको समय साहित्य श्रृजनामा खर्चदै आएकी छिन् । सोही समय व्यवस्थापन गरेर जन्माएकी हुन शशीकला औपन्यासिक कृति ।  न्यौपाने रसुवा जिल्लाबाटै पहिलो नारी उपन्यासकारको रुपमा आफ्नो नाम राख्न सफल भएकी छिन् ।फुटकर उपन्यास लेख्ने नारी उपन्यासकारहरु भए पनि औपन्यासिक कृति सार्वजनिक गरी उनी रसुवाको साहित्यिक क्षेत्रमा पहिलो नारी साहित्यकार दर्ज भएकी हुन ।

उपन्यासकार दीपा न्यौपानेको औपन्यासियक कृति शशीकलाको लोकापर्ण गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच उनको कृति प्रमुख अतिथि प्रा डा गार्गी शर्मा,डा कौशिला रिसाल,पूर्व प्रशासक तथा साहित्यका केदार पनेरु,डा सत्यराज थपलिया लगायतले सयुक्त रुपमा लोकापर्ण गरेका हुन ।

Advertisement 2

May be an image of 4 people, people sitting, people standing and indoor
रसुवा जिल्लाकै पहिलो महिला उपन्यासकारको रुपमा रेकर्ड कायम गर्न सफल १९ वर्षीया उपन्यासकार दीपा न्यौपानेद्वारा लिखित कृतिमाथि प्रमुख अतिथिको आशनबाट बोल्दै प्रा डा गार्गी शर्माले शशीकला उपन्यासमा समाजको प्रस्तुतिकरण भएको र यस्का कच्चा पदार्थ भनेको मानव समाज नै भएको बताइन ।
यस्तै, समिक्षक डा कौसिला रिसालले शशिकला कृतिमा उपन्यासकार न्यौपानेले उच्च कल्पनाशीलता प्रदर्शन गरेको बताइन । उनले उपन्यासमा साहसी र बलियो महिला पात्रले महिला सशक्तिकरणको सन्देश मात्रै नदिएर युवा युवतीको मायाप्रेमका साथै सामाजिक सेवा भाव समेत देखाइएको हुनाले उपन्यास उत्कृष्ट रहेको बताइन ।
पूर्व सहसचिव तथा उपन्यासकार केदार पनेरुले उपन्यास खदिलो रहेको बताए । कार्यक्रममा बाग्मती प्रदेश सांसद प्रेम तमाङ ,साहित्यकारहरु सुरेश कुमार भट्ट, डा सत्यराज थपलिया, बौद्ध धर्मगुरु सूर्य बज्रयाना, चलचित्र निर्देशक घनश्याम तिमिल्सिना ‘एण्टेना’, नेपाल पत्रकार महासंघ रसुवाका अध्यक्ष केशवप्रसाद पौडेल, कवि रसुवाली कवि लगायतले शुभकामना दिएका थिए ।

प्रकाशित :२०७८ कार्तिक १५, सोमबार १९:३०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry