कल्पना मुडभरीलाई आजीवन कारावास, छोरीलाई सफाइ
गोङ्गबु हत्याकाण्डकी मास्टरमाइण्ड कल्पना मुडभरी पौडेललाई आजीवन कारावासको सजाय सुनाइएको छ ।
Advertisement 1
जिल्ला अदालत काठमाडौंले गोङ्गबु हत्याकाण्डकी अभियुक्त कल्पनालाई अपराधी ठहर गर्दै आजीवन कारावासमा राख्ने फैसला सुनाएको हो । गत साउन २५ गते गोङ्गबुमा कृष्ण बहादुर बोहराको शरीर र टाउको छुट्टिएको अवस्थामा शव भेटिएको थियो । बोहराको घाँटी रेटी हत्या गरेर सुटकेशमा हाली खोलामा फालिएको अवस्थामा शव भेटिएको थियो । सो घटनामा संलग्न रहेकी कल्पनालाई फागुन १३ गते काठमाडौँ जिल्ला अदालतले आजीवन कारावासको सजाय सुनाएको हो ।
कल्पनाले गत साउन २५ गते आफ्नै कोठामा दाङका ४५ वर्षीय कृष्ण बहादुर बोहराको शरीर र टाउको काटेर सुटकेशमा हाली सडकमा फालेकी थिइन् । सो घटनामा संलग्न रहेकी कल्पनालाई आजिवन काराबासको फैसला सुनाएको र उनकी छोरीलाई भने सफाइ दिने फैसला गरेको अदालतका श्रेष्तेदार भीम बहादुर निरौलाले जानकारी दिए । साथै अदालतले मृतक बोहराको परिवारलाई राज्य कोषबाट ५५ हजार रुपैयाँ राहत उपलब्ध गराउने आदेश दिएको छ ।
Advertisement 2
कृष्ण बोहरा र कल्पनाबीच प्रेमसम्बन्ध रहेको तर सम्बन्धमा उतारचढाव आएपछि बोहराको हत्या गरेको कल्पनाले अदालतसमक्ष स्वीकार गरेकी थिइन् ।