काठमाडौं महानगरले लामखुट्टेको लार्भा नष्ट गर्न ‘बायो लार्भिसिद’ छर्कने
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौँमा डेंगु रोग फैलन नदिने लामखुट्टेको लार्भा नष्ट गर्न नेपालमै पहिलो पटक वायो लार्भिसिद नामक जैविक औषधि प्रयोग गर्न लागिएको जानकारी दिएका छन् ।
Advertisement 1
सामाजिक सञ्जालमार्फत शाहले यो औषधिले लामखुट्टे र त्यसका लार्भालाई बाहेक कसैलाई पनि हानी नगर्ने दाबी गरेका छन् । औषधिले पूर्ण विकसित हुन नपाउँदै लामखुट्टेको लार्भा मर्ने दाबी गरिएको छ । यो औषधि जैविक भएकाले यसले लामखुट्टे र त्यसका लार्भालाईबाहेक कसैलाई पनि हानी नगर्ने उनले जनाएका छन् ।
यससँगै काठमाडौं महानगरले डेङ्गी रोगको बारेमा परामर्श दिन निःशुल्क हटलाइन टेलिफोन ११८० बाट २४ सै घण्टा सञ्चालनमा छ । अस्पताल जानु परे १०२ नम्बर सम्पर्क गरेर निःशुल्क एम्बुलेन्स प्रयोग गर्न सक्ने व्यवस्था मिलाइएको छ । स्वास्थ्य प्रवर्धन केन्द्रहरुमा डेंगी रोगको उपचारका लागि चाहिने सिटामोल, जीवन जल लगायत आवश्यक औषधिको वितरणको व्यवस्था मिलाइएको पनि उनले जानकारी दिएका छन् ।
Advertisement 2