सामान्य प्रशासन मन्त्री र सचिवबीचको टकराव उत्कर्षमा,सरुवा खोज्दै पुष्कर

हरेक दिन जसो संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी र सचिव कृष्णहरि पुष्कर कार्यक्रम तथा बैठकमा सँगसगै देखिन्छन् तर यी मन्त्री र सचिवबीच पहिलेको जस्तो अहिले हार्दिकतापूर्ण सम्बन्ध छैन ।

Advertisement 1

जस्तो : हिजोमात्र नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको आकस्मिक निरीक्षणका लागि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदी र सचिव कृष्णहरी पुष्कर एकसाथ पुगे । हिजैमात्र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा मन्त्री अमन लाल मोदीको विशेष उपस्थितिमा उच्चस्तरीय व्यवस्थापन समुहको बैठक बसेर निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई शून्यमा झार्ने निर्णय गर्यो ।

औपचारिकताका लागि मन्त्री र सचिव सँगसँगै देखिए पनि यी बीच पहिलाको जस्तो हार्दिकतापूर्ण सम्बन्ध नरहेको सामान्य प्रशासनका कर्मचारीहरुले बताउने गरेका छन् ।

Advertisement 2

मन्त्रीलाई सचिवले टेर्न छाडे पछि पुष्करसँग मन्त्री रुष्ट छन् भने आफ्नो हाजिरीमा रातो लगाइदिए पछि सचिवसँग मन्त्री फायर भएका छन् । यही कारण  मोदी र सचिव कृष्णहरि पुष्करबीचको टकराव उत्कर्षमा पुगेको छ । कर्मचारी सरुवाको विषयलाई लिएर मन्त्री मोदी र सचिव पुष्करबीचको टसल उत्कर्षमा पुगेको संघीय मामिला तथा सामान्य प्रशासन स्रोतको भनाई छ ।

अघिल्लो बुधबार मुख्य सचिवलाई भेट्न गएको भनेर सचिव लामो समय मन्त्रालयमा अनुपस्थित देखिएपछि मन्त्री मोदीले सचिवको हाजिरीमा रातो लगाइीदएपछि मन्त्री र सचिवको टकराब बाहिर आएको थियो । असार २८ गते मन्त्री मोदीले छड्के गरी कार्यालयमा अनुपस्थित देखिएको भन्दै सचिव पुष्कर र सहसचिव स्किम श्रेष्ठको हाजिरी पुस्तिकामा रातो घेरा लगाइदिए पछि मन्त्री र सचिवबीचको टकराब बाहिरिएको हो ।

Advertisement 3

यस्तै मन्त्री मोदीले झण्डै एक सय कर्मचरीहरुको सरुवा गर्न खोज्दा सचिवले नटेरेका कारण पनि मन्त्री र सचिवबीच टसल बढेको मन्त्री मोदी निकटका एक कर्मचारीले इकर्मचारी डटकमलाई बताए ।

उनका अनुसार अहिले पनि झण्डै १४० स्थानीय तह निमित्तकै भरमा चलिरहेको छ । कतिपय स्थानीय तहका निमित्त प्रमुख प्रशासकीय अधिकृत हेरफेर गर्न खोज्दा मन्त्री र सचिवबीच टकराव पैदा भएको हो ।
मन्त्री मोदी पुष्करसँग रुष्ट हुनुपर्ने अर्काे कारण पोषण कार्यक्रमको नाममा सचिवले मन्त्रीसँग सल्लाह नगरी ७० करोड रुपैयाँ छुट्टयाउनु पनि हो भन्छन्,मन्त्री निकट कर्मचारीहरु ।
यस्तै, मन्त्री विदेश भ्रमणमा जाँदा सचिव एयरपोर्टमा उपस्थित नभएकोदेखि प्रतिनिधिसभा तथा राष्ट्रिय सभामा जवाफ दिन मन्त्री मोदी पुगे पनि सचिव संसद्मा कहिल्यै उपस्थित नहुनुले पनि मन्त्री  चिढिएका छन् ।

मन्त्री र सचिवको टकराब बढेपछि सचिव पुष्करले मुख्यसचिव वैकुण्ठ अर्याललाई भेटेर आफ्नो सरुवा समेत मागेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक सचिवले बताए ।
उनलाई अस्तिकै लटमा सामान्य प्रशासनबाट तथ्यांक कार्यालयमा सरुवा गर्न खोजिएको थियो तर शक्तिकेन्द्र लगाएर पुष्करले उक्त सरुवा रोकाएको बताइन्छ ।

प्रकाशित :२०८० श्रावण ६, शनिबार ०९:१४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry