इकोविट विद्युतीय स्कुटर खरिद गर्न माछापुच्छ्रे बैंकले कर्जा दिने, ब्याजदर शून्य

ग्लोबल सेभेन प्रालिले इटालियन ब्राण्ड इकोविटका विद्युतीय स्कुटरहरु नेपाली बजारमा ल्याएको छ ।
Advertisement 1
पहिलो पटक करिब ८ महिना अघि नेपाल भित्र्याईएका यी स्कुटरहरु निक्कै बलिया र आकर्षण छन् । सामान्यतयाः बजारमा विद्युतीय स्कुटर भन्नेवित्तिकै कमजोर पो छ कि भन्ने आम बुझाइलाई स्कुटरको गुणस्तरले परिवर्तन गर्नेमा विश्वस्त रहेकोछ ।
गुणस्तर र डिजाइनमा उत्कृष्ट हुँदाहुदै पनि ग्राहकहरुको चाहनालाई मध्येनजर गर्दै इकोविट ब्राण्डका विद्युतीय स्कुटर खरिद गर्दा माछापुछे« बैंक लिमिटेड द्वारा क्रेडिट कार्ड मार्फत कर्जा सुविधा उपलब्ध गराउृने सम्बन्धि सम्झौता गरिएको छ । सो सम्बन्धि सम्झौतामा माछापुच्छ्रे बैंकको केन्द्रिय कार्यालयमा बैंकका डिजिटल बैंकिङ्गका डेपुटी चीफ उज्ज्वल पाण्डे र इकोविट नेपालका प्रबन्ध निर्देशक हारुन खानका बीच सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।
Advertisement 2
कर्जा सुविधा अनुसार इकोविट ब्राण्डका विद्युतीय स्कुटर खरिद गर्दा ग्राहकले आफ्नो आम्दानी खुल्ने कागजात उपलब्ध गराएको बढीमा ५ दिनभित्रमा स्कुटर लैजान पाउनेछन् । कर्जा सुविधा अनुसार ६ महिना देखि १८ महिनासम्मको सुविधा उपलब्ध गराइनेछ । जस अन्तर्गत ग्राहकले सो वापत व्याज तिर्नु पर्दैन । शुन्य प्रतिशतको व्याजदरमा उक्त कर्जा उपलब्ध गराइनेछ ।
३००० वाट क्षमताको हब मोटर जडित यो मोडेलमा ६० भोल्ट २६ एएचका डबल लिथिएम बेट्री प्याक उपलब्ध रहेको छ । जसलाई एकपटकको फुल चार्जमा करिब १३० किलोमिटरसम्म चलाउन सकिन्छ । यो स्कुटरको मुल्य डबल बेट्रीमा रु. ३,८०,००० राखिएको छ । जसलाई मनसुन अफर अन्तर्गत छुट गर्दा रु. ३,५९,००० मा उपलब्ध हुनेछ ।
Advertisement 3
४००० वाट क्षमताको साइड मोटर जडित यो मोडेलमा ७२ भोल्ट ३२ एएचका डबल लिथिएम बेट्री प्याक उपलब्ध हुनेछ । जसलाई एकपटकको फुल चार्जमा करिब १८० किलोमिटरसम्म चलाउन सकिन्छ । यो स्कुटरको मुल्य डबल बेट्रीमा रु। ५,३०,००० तथा सिंगल बेट्रीमा रु। ४,३०,००० मुल्य राखिएको छ । जसलाई मनसुन अफर अन्तर्गत छुट गर्दा क्रमशः रु। ५,०९,००० र ४,०९,००० मा उपलब्ध हुनेछ ।