केशव दुलाल बिरामी परेपछि अस्पताल लगियो

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै भएको ठगी प्रकरणमा पक्राउ परेकामध्ये केशव दुलाल बिरामी परेपछि अस्पताल लगिएको छ ।

Advertisement 1

जिल्ला अदालत काठमाडौंमा प्रकरणको थुनछेक बहस चलिरहेको छ । सोही क्रममा बिरामी परेपछि उनलाई अस्पताल लगिएको हो । अभियोग पत्रमा केशवप्रसाद दुलालले खाणलाई १ करोड २४ लाख ५० हजार रुपैयाँ नगदै बुझेको र त्यसपछि लगत्तै कार्यदेश समेत थप गरी समितिको म्याद थप गरेको उल्लेख छ । त्यस्तै दुलालले रकम दिने, गिफ्ट दिने, भेट्ने लगायतका संवादहरूबाट खाण समेत आपराधिक समूहमा संलग्नता रहेको पुष्टि भएको उल्लेख छ । पक्राउ पर्नुभन्दा अघि खाणले आफ्नो निजी मोबाइल विवरणहरू मेटाउने उद्देश्यले नै फ्याक्ट्री रिसेट गरेको निष्कर्ष निकालिएको छ ।

प्रकाशित :२०८० जेष्ठ ३०, मंगलवार १२:३१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry