‘घुस खानु पुण्य,पढाउनु चाहिँ पाप ?’
शाखा अधिकृतदेखि सचिव तहसम्मका कर्मचारीहरु कार्यालयमा कम र निजी इन्स्टिच्यूडतिर बढी भेटिन थालेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग त्यस्ता कर्मचारीविरुद्ध आक्रामक बनेको छ ।
कार्यालय समयमा समेत सिंहदरबारस्थित मन्त्रालय तथा कार्यालयहरुमा कम र नीजि इन्स्टिच्यूडहरुमा बढी भेटिन थालेको गुनासो र उजुरी चुलिएपछि अख्तियारले एकै पटक ४० जना कर्मचारीहरुलाई पत्र काटेको हो । शाखा अधिकृतदेखि सचिव तहसम्मका कर्मचारीहरुमध्ये कतिपय सिंहदरबारमा कम र चैतन्य, नेम, सोपान, एपेक्स, कामादलगायतका नीजि इन्स्टिच्यूडमा बढी अलमलिन थाले पछि लोकसेवा तयारी कक्षा पढाउँदै आएका ४० जना कर्मचारीहरु अख्तियारको फन्दामा परेका हुन ।
उजुरीकर्ताहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दायर गरेको उजुरीमा,सिंहदरबारका अधिकांश मन्त्रालयका अधिकृतदेखि सचिवसम्मका कर्मचारीहरु कार्यालयको कामकाजै छाडेर निजी इन्स्ट्च्यिूटमा कोचिङ पढाउन व्यस्त हुँदा सरकारी कामकाजमा प्रत्यक्ष असर परेको र सरकारका गोप्य सूचनाहरु पनि बाहिरिने गरेको भन्दै उजुरी परेको र उक्त उजुरीका आधारमा पत्र काटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्रोतले जनाएको छ ।
अख्तियारले यसरी पत्र काटेको प्रशासकहरुमा सहसचिव प्रकाश दाहाल, रामबन्धु सुवेदी, बासुदेव शर्मा,सचिव नारायण शर्मा दुवाडी,हेमराज तमाङ,निजामती किताबखानाबाट भर्खरै अर्थमा सरुवा भएका टोकराज पाण्डेदेखि भूमि सुधार मन्त्रालयबाट सार्वजनिक खरिद अनुगमनको कार्यालयतिर हुत्याइएका सचिव दामोदर रेग्मीलगायत छन् ।
Advertisement 1
यी कर्मचारीहरुले मन्त्रालय वा कार्यालयको काम छाडेर निजी इन्स्ट्च्यिूटमा कोचिङ पढाउन व्यस्त हुँदा सरकारी कामकाजमा प्रत्यक्ष असर परेको भन्ने उजुरीको आधारमा उनीहरुलाई पत्र काटिएको अख्तियार स्रोतको भनाई छ । तलब नेपाल सरकारको खाने र सेवा निजी इन्स्टिच्यूडको गर्ने गरेको भेटिए पछि उनीहरुलाई पत्र काटिएको टंगाल स्रोतले जनाएको छ ।
मन्त्रालय र कार्यालयका कामै छोडेर निजी संस्थामा पढाउने उपसचिवदेखि सचिवसम्मले मासिक ८ देखि १० लाखसम्म त्यस्ता निजी संस्थाबाट असुल्ने गरेको बताइन्छ । नेपाल सरकारको जागिर खाने र हरबखत निजी संस्थाको काममा व्यस्त हुने कर्मचारीलाई सामान्यले रोक लगाएको हो । यस्का अलवा यी कर्मचारीहरुबाट सरकारका गोप्य डकुमेन्ट सूचनासम्म लिक भएको अख्तियारले जनाएको छ । यस अघि सामान्य प्रशासन सचिव एकनारायण अर्याल हुँदा लोकसेवा पढाउन रोक लगाइएको भए पनि अहिले कतिपय प्रशासक बिहान दश बजे सिंहदरबार गएर हाजिर लगाउने र दिनभर लोकसेवा पढाउने गरेको भेटिए पनि उनीहरुलाई चिठ्ठी काटेको बताइन्छ । यीमध्ये कतिपय इन्स्टिच्यूडहरुले बहालवाला कर्मचारीका नामै बेचेको पाइन्छ ।