यस्तो छ चालु आर्थिक बर्षको मौद्रिक नीति, हेर्नुस् पूर्णपाठ
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । मौद्रिक नीति मार्फत राष्ट्र बैंकले नीतिगत ब्याजदर घटाएको छ । त्यस्तै शेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गरिने घोषणा गरेको छ।
Advertisement 1
मौद्रिक नीतिमा आवसीय कर्जाको सीमा ५० लाख रुपैयाँले वृद्धि गरेको हो। कर्जा सीमा बढेसँगै अब घर बनाउन बैंकबाट २ करोड रुपैयाँसम्म ऋण पाइनेछ। यस अघि यस्तो सीमा १ करोड ५० लाख थियो ।
यस्तै यस अघि विदेश जाँदा १ हजार ५ सय डलर साट्न पाउने व्यवस्था रहेकोमा अब थप १ हजार डलर सटही सुविधा पाउने भएका छन्। अब २ हजार ५ सय सटही सुविधाको व्यवस्था गरिएको हो।
आन्तरिक तथा बाह्य आर्थिक परिदृश्यलाई दृष्टिगत गरी नीतिगत दरलाई ५० आधार बिन्दुले घटाई ६ दशमलव ५ प्रतिशत कायम गरिएको छ । बैंक दरलाई ७ दशमलव ५ प्रतिशतमा यथावत् राखी निक्षेप सङ्कलन बोलकबोल दरलाई ५ दशमलव ५ प्रतिशतबाट घटाएर ४ दशमलव ५ प्रतिशत कायम गरिएको छ ।
Advertisement 2