कर्मचारीको दुई बर्षमा दुई तह बढुवा

एउटा कर्मचारीको बढुवा कति बर्षमा होला ? पाँच बर्ष,वा सात बर्ष ? देशकै ठूलो महानगरपालिकाले भने दुई बर्षमा दुई तह बढुवा गरेको छ,त्यो पनि लोकसेवा आयोगको परामर्श समेत नलिइ ।

Advertisement 1

७७ फागुनमा मेयर थिए विद्यासुन्द्यर शाक्य र प्रमुख प्रशासकीय अधिकृत थिए राजेश्वर ज्ञवाली । उनीहरुले आफ्ना सबै स्थायी दरबन्दीका कर्मचारीको एक तह वा स्तर बढुवा गरेको थियो । कर्मचारी समायोजन ऐन २०७७ जारी गर्दै झण्डै एक हजार ८ सय कर्मचारीको एकैपटक बढुवा गरेको थियो । यसरी कर्मचारीको एक तह बढुवा गरिँदा महानगरपालिकालाई थप ३ करोड ६० लाख रुपैयाँ अतिरिक्त भार थपिएको थियो ।

साढे दुई बर्ष पनि भएको छैन,महानगरपालिकाका १८ सय कर्मचारीहरुलाई एक तह बढुवा गरिएको । अहिले काठमाडौंको मेयर छन् बालेन साह र प्रमुख प्रशासकीय अधिकृत छन्,बसन्त अधिकारी । यी दुईले महानगरपालिकाका कतिपय वडाका अध्यक्षहरुले फरक मत राख्दा राख्दै पनि फेरि कर्मचारीहरुको एक तह बढुवा गरेका छन् ।

Advertisement 2

साढे दुई बर्षमै काठमाडौं महानगरपालिकाले फेरि कर्मचारीहरुको एक तह बढुवा गरेको छ । महानगरपालिकाको यो निर्णयसँगै सुब्बाहरु बरिष्ठ सुब्बामा, अधिकृतहरु वरिष्ठ अधिकृतमा र उपसचिवहरु वरिष्ठ उपसचिव तहमा उक्लिएका छन् ।

 

प्रकाशित :२०८० श्रावण ७, आईतवार ०६:५४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry