गजल
कथनी करनीमा सधै फरक परेकै छ
बामपन्थीहरुले गेरु बस्त्र धरेकै छ
Advertisement 1
सुग्रिब महाराजका वानर सेना ,काजी भए
बार्दली बाजेले नि रामनामी जप गरेकै छ
गोरु ब्याएको विश्वमा कसैलाई थाहा नै छैन
तेस्कै बिगौती तत्ताई घिउ खारेकै छ
Advertisement 2
रब्बर मेरुदण्ड भएका सोपानतन्त्र छ
बॉकटे हानेर पुर्बपंचले टुकुचा तरेकै छ
पिछडा वर्ग वल्लो घाट न पल्लो तिर भए
टोकनतन्त्रको मौकामा छिमेकीले सिमाना सारेकै छ
Advertisement 3
सत्ता साझेदार नाफाखोर ब्यापारी मात्रै
भिड्ने कि भाग्ने जनता ,सधै ओरालो झरेकै छ
टिकाथली, ललितपुर
प्रकाशित :२०८० असार ३०, शनिबार ०९:५८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%