जब सचिव र सहसचिवकै हाजिरीमा मन्त्रीले ‘रातो’ लगाइदिए

निजामती प्रशासन सुधारका लागि निर्मम बन्दै गएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी कामचोर कर्मचारीहरु प्रति आक्रामक ढंगले प्रस्तुत हुन थालेका छन् ।
बिहानै दश बजे कार्यालय पुगेर दिनभर अन्यन्त्र कार्यक्रममा हराउने सचिव,सहसचिव समेत मन्त्रीको निगरानीमा पर्न थालेका छन् ।यस्तै दृश्य देखिएको छ,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा गत बिहिबार ।

Advertisement 1

हाजिरी ठोकेर दिनभर गायब भएका सचिव कृष्णहरि पुष्कर र सहसचिव  स्कीम श्रेष्ठको हाजिरीमा मन्त्री अमनलाल मोदीले रातो लगाइदिएको भेटिएको छ । बिहान हाजिर गरेर टाप ठोकेका  सहसचिव श्रेष्ठ कार्यक्रममा भाग लिन भन्दै धुलिखेल पुगेकी थिइन । सचिव पुष्कर पनि बिहान हाजिर गरेर दिनभर मन्त्रालय र कार्यकक्षमा नभेटिएपछि यी दुबैको हाजिरीमा रातो लगाइएको सामान्य प्रशासन स्रोतले जानकारी दिएको छ ।

मन्त्री मोदीले सचिव पुष्करलाई तारान्तार फोन सम्पर्क गर्दा,प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मिटिङमा छु भनेर ठाटिरहे । साँझ पाँच बजेसम्म पनि मन्त्रालयमा नआए पछि सचिव पुष्कर र सहसचिव श्रेष्ठको हाजिरीमा रातो लगाइएको मन्त्रालय स्रोतले इकर्मचारी डटकमलाई जानकारी दिएको छ ।

Advertisement 2

उसो त संघीय मामिला तथा सामान्य प्रशासन त्यही मन्त्रालय हो जहाँका १०३ जना कर्मचारी एकै पटक छड्केमा परेका थिए । गत २९ जेठमा मन्त्रालयले गरेको आन्तरिक छड्केमा परेका थिए १०३ कर्मचारी । सामान्य प्रशासनका कर्मचारीहरु समयमा नआउने र कार्यालयमा समेत नभेटिने गरेको गुनासो बढेपछि मन्त्री अमनलाल मोदीले सचिव कृष्णहरि पुष्करलाई आन्तरिक छड्के गर्ने निर्देशन दिएका थिए । मन्त्रीको अनुसार,सामान्य प्रशासनका सचिव कृष्णहरि पुष्करले सोमबार गरेको आन्तरिक छड्केमा १०३ जना कर्मचारी परेका हुन । जसमा सबैभन्दा बढी नासु र सहायक स्तरका परेका थिए । ३६ जना अधिकृत तहका कर्मचारीहरु छड्केमा पर्दा २३ जना उपसचिव र सहसचिव तहका १ गरी सय ३ कर्मचारी कारबाहीमा परेका थिए ।
अहिले हाजिर गर्ने र दिनभर हराएको भेटिए पछि सचिव र सहसचिवको हाजिरीमा रातो लगाइएको मन्त्रालयले जनाएको छ ।

यता जनमत पार्टीलाई सरकारमा ल्याउने चर्चा जब जब चल्दछ तब मन्त्री अमनलाल मोदी मन्त्रीबाट फिर्ता बोलाइन लागेको हल्ला चल्दछ । महिना दिनदेखि यस्तो हल्ला चल्न थाले पछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका कर्मचारीहरुले नै मन्त्रीको निर्देशन टेर्न छाडेका छन् ।

प्रकाशित :२०८० असार ३०, शनिबार ०९:२२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry