पत्थ्थरी भएमा के खाने, के नखाने ?


मृगौलामा पत्थरी सबै उमेर समूहका व्यक्तिलाई हुन्छ। यद्यपी हरेक उमेर समूह र महिला तथा पुरूषलाई हुने पत्थरीका कारणहरू फरक(फरक हुन्छन्।नेपालमा मृगौलाको पत्थरी बढ्दो छ। सबैभन्दा बढी तराई क्षेत्रका मानिसमा पानीको कमीले पत्थरी हुनेगरेको पाइएको छ।

Advertisement 1

शरीरमा पानीको कमी हुँदा किड्नीको सिस्टममा समस्या आउँछ, जसले पत्थरी हुन्छ। कतिपय अवस्थामा जन्मजात पत्थरी हुन्छ। युरीक एसिड बढ्यो भने पनि पत्थरी हुन्छ। मृगौलामा पत्थरी हुने धेरै कारण भएसँगै उपचारको पद्धति पनि फरक फरक हुन्छन्। यसको उपचार पहिलेभन्दा अहिले धेरै फरक छ।पहिला चिरफारको माध्यमबाट मात्र उपचार हुन्थ्यो भने अहिले मेसिनद्वारा बिना चिरफार पत्थरी निकाल्न सकिन्छ। पिसाबको थैली, नली र किड्नीको पत्थरी मेसिनको सहयोगले निकाल्न मिल्छ। पत्थरी सानो भएमा यो विधिबाट निकाल्न सकिन्छ। तर पत्थरी ठूलो भएमा सानो प्वाल पारेर त्यहाँ भएका ढुंगा फुटाएर बाहिर निकालिन्छ। किड्नी कुन ठाउँमा छ र ढुंगा कडा छ कि, छैन भनेरसमेत उपचार विधिमा फरक हुनसक्छ। जुनसुकै विधिबाट भए पनि बिरामीलाई कम बाधा हुनेगरी ढुंगा निकाल्न सकिन्छ। तर सतप्रतिशत ढुंगा भने जादैन। औसतमा ७० प्रतिशत मात्रै ढुंगा निख्रिन्छ। एकचोटी ढुंगा बन्यो भने फेरि पनि बन्नसक्छ।

के खाने ?
पानी
पत्थरी भएका व्यक्तिले साविकको भन्दा बढी पानी पिउनु जरुरी हुन्छ । बढी पानी पिउदा पिसाबको मात्रा पनि बढ्छ । र, यसले मिर्गौलामा बनेको पत्थरलाईं बगाएर फ्याक्न मद्दत गर्छ ।
नरिवलको पानी
पत्थरी भएमा नरिवल पानी निकै लाभदायक मानिन्छ । नरिवलको पानीमा पत्थर बन्न रोक्ने र बढ्न नदिने गुण हुन्छ । यति मात्रा नभएर बनिसकेको पत्थरलाई समेत हटाउने विशेष रसायन नरिवलको पानीमा हुन्छ । यसमा प्रशस्त प्राकृतिक पोटासियम पाइने भएकाले यसले मिर्गौलामा पत्थरी बन्ने प्रक्रियालाई रोक्ने काम गर्छ ।
हरियो मकैको चिया
पत्थरी भएका मानिसले हरियो मकैको चिया पिउादा पनि फाइदा हुन्छ । यस्तो मकैमा प्रोटीन, कार्बोहाइड्रेट्स, भिटामिन र मिनिरल्सको मात्रा प्रशस्त हुन्छ । जसले मूत्र उत्सर्जनलाई पनि बढाउने काम गर्छ । त्यस्तै, यो चियामा टाट्रेट्स नामक तत्व पनि हुन्छ । जसले पत्थरी बन्ने क्रियालाई रोक्ने काम गर्छ । मकैको चियाले मिर्गौलाको इन्फेक्सन कम गर्न र मुत्रथैलीलाई शसक्त बनाउनको लागि पनि पद्दत गर्छ ।
जौको मााड
कहिल्यै जौलाई माडको रुपमा सेवन गर्नु भएको छ रु यदि तपाईंमा मिर्गौलासम्बन्धि समस्या छ भने आजैदेखि यसको सेवन गर्न सक्नुहुन्छ । यसले मुत्र(प्रवाहलाई बढाउनुका साथै मिर्गौला तथा मुत्रमार्गको संक्रमणबाट पनि बचाउने काम गर्छ ।
भुईकटहरको जुस
भुई कटहरको जुसले पनि पत्थरीको बिरामीलाई राहत मिल्छ । यसमा पत्थरीलाई गाल्ने इञ्जाइम हुन्छन् । जसले पÞmाइब्रिनलाई तोड्न मद्दत पुर्‍याउाछ ।
केरा
तपाईलाई थाहा नहुन सक्छ कि पत्थरीका बिरामीलाई केराले पनि फाइदा पुर्‍याउने गर्छ । केरामा भिटामिन(बी ६ पाइन्छ । जसले अक्जलिक एसिडलाई तोडेर आक्जेलेट क्रिस्टल बन्नबाट बचाउाछ । जसले गर्दा पत्थरीको समस्याले भयावह रुप लिन पाउादैन ।
बदाम
जाडो महिनामा बदामको अत्यधिक प्रयोग गरिन्छ । यसले स्वास्थ्यमा निकै फाइदा पुर्‍याउाछ । मिर्गौलामा पत्थरी पीडितको लागि पनि यो उत्तिकै लाभदायक मानिन्छ । बदाममा म्याग्नेसियम र पोटासियमको मात्रा प्रशस्त हुन्छ । जसले मिर्गौलामा पत्थरी बन्न दिादैन ।
कागती
कागती भिटामिन सीको निकै राम्रो स्रोत हो । यसबाट सिट्रेट नामक तत्व पनि प्रशस्त मात्रामा पाइन्छ । जुन अम्लले क्याल्सियम अक्जलेट पत्थरी हुनबाट बचाउने काम गर्छ ।
गहतको झोल
गहतले पत्थरी रोग नियन्त्रणको लागि निकै महत्वपूर्ण भूमिका निर्वाह गर्छ । यसलाई उत्तम औषधीको रुपमा लिादा पनि फरक पर्दैन । यसले पत्थरी हुन नदिनुका साथै भएको पत्थरीलाई पनि गलाउने काम गर्छ । जसले गर्दा मिर्गौलामा बनेको पत्थरी सहजै बाहिरिन्छ ।
गाजर
गाजरबाट पायरोफा स्फेट र वनस्पतीय अम्ल प्राप्त हुन्छ । यसले पनि पत्थरी बन्ने प्रक्रियालाई रोक्ने काम गर्छ । यसका साथै गाजरमा पाइने केरोटिन नामक पदार्थले मूत्रनलीमा हुने घाउ निको पार्नको लागि पनि मद्दत पुर्‍याउाछ ।
यस्ता खानेकुराबाट बच्नुस्
पत्थरीका विरामीले तरकारीमा पालुंगोको साग, गोलभेडाको प्रयोग गर्नु हुादैन । त्यस्तै फलफुलमा अमला, कालो अंगुर, कााक्रोको पनि सेवन गर्नु हुादैन । यस्ता फलमा अक्जलेटको मात्रा बढि हुन्छ । जसले क्याल्सियमसाग मिलेर क्याल्सियम अक्जालेट क्रिस्टल बनाउन सहयोग गर्छ ।
त्यस्तै यस्ता विरामीले फूल गोभी, भान्टा, च्याउ, फर्सीजस्ता खाद्यपदार्थबाट पनि दुरी बढाउनुपर्छ । यस्ता खाद्यपदार्थमा युरिक एसिड बनाउने प्यूरिन न्यूक्लियोटाइडको मात्रा प्रशस्त हुन्छ । जसले अक्जलेटको क्रिस्टल बनाउाछ र पत्थरीको समस्या उत्पन्न हुन्छ ।

Advertisement 2

डा. कोइराला योगी नरहरीनाथ योग तथा प्राकृतिक चिकित्सालय चितवनका चिकित्सक हुन्

प्रकाशित :२०७७ फाल्गुन १७, सोमबार १४:३२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम