जनतालाई सहजरुपमा सेवा दिन निर्देशन

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले सेवा प्रवाहमा सुधार ल्याउन बुटवलका कार्यालय प्रमुखलाई निर्देशन दिएका छन ।

Advertisement 1

बुटवल उपमहानगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा उनले बुटवलभित्रका सबै कार्यालयबाट प्रदान गरिने सेवामा सुधार ल्याउँदै जनतालाई सहजरुपमा सेवा दिन निर्देशन दिएका छन। उनले बुटवल उपमहानगरपालिकाले दिने सेवालाई अझ प्रभावकारी बनाउन नागरिकको पहुँच विस्तार गर्न ‘च्याटबट’ सञ्चालनमा ल्याएको र सहायता कक्षसमेत सञ्चालन गरेको बताए । “बुटवल उपमहानगरका सेवामा समस्या छन् भने हामी सुधार गर्छौँ”, उनले भने, “अरु कार्यालयका समस्या प्राथमिकताअनुसार सुधार गर्दै जान म यहीँबाट अनुरोध गर्छु ।”

उनले बुटवललाई उत्कृष्ट नगर बनाउन बुटवलवासी र बुटवलका सङ्घसंस्थाको पनि उत्तिकै भूमिका हुने बताए । उनले भने, “सबैले सबैतिरबाट सबैले नगरलाई सफा सुन्दर र हराभरा बनाउन र समृद्ध बनाउनका लागि भूमिका खेल्न जरुरी छ ।” कार्यक्रममा उपप्रमुख सावित्रादेवी अर्यालले बुटवललाई समृद्ध बनाउनका लागि सबै पक्षको साथ र सहयोग जरुरी रहेको बताए । उनले बुटवलभित्रका सरकारी कार्यालयको सेवा प्रवाहमा सुधार ल्याउनका लागि सुझाव दिए ।

Advertisement 2

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले नगरका सेवासुविधालाई प्रभावकारीरुपमा प्रवाह गर्न तत्पर रहेको भन्दै कुनै गुनासो रहेमा सिधै सुझाव दिन आह्वान गरे ।

प्रकाशित :२०८० असार २७, बुधबार १९:०५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry