अधिकृत कुट्ने जनप्रतिनिधिलाई तत्काल कारवाही गर्न गृहलाई सामान्यको पत्राचार

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात गर्ने वडाध्यक्षलाई कारबाही गर्न गृह मन्त्रालयलाई पत्राचार गरेको छ ।

Advertisement 1

गत असार १४ गते सिन्धुलीको गोलन्जोर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शम्भुप्रसाद पौडेलमाथि वडा नम्बर २ का वडाध्यक्ष दौलन कार्कीले हातपात गरेका थिए । सो घटनाप्रति आपत्ति जनाउँदै मन्त्रालयले कारबाहीका लागि गृहलाई पत्राचार गरेको हो ।
गृहका शाखा अधिकृत जयराम गजुरेल हस्ताक्षरित्र पत्राचारमा स्थानीय तहमा कार्यरत कर्मचारीमाथि एकपछि अर्को आक्रमण भई रहँदा कर्मचारीहरुमा भय र त्रास पैदा भई सुशासन र सेवा प्रवाहमा नकरात्मक असर परेको उल्लेख गर्दै उक्त घटनामा संलग्न व्यक्ति, समूह र पक्षलाई कानूनबमोजिम कारबाही गर्न आग्रह गरिएको छ ।

साथै, मुलुकभरका कर्मचारीहरुले आत्मसम्मान, आत्मविश्वास एवम् उच्च मनोबलका साथ सेवा प्रवाह गर्दै देशको दिगो शान्ति, सुशासन, विकास र समृद्धि कायम गर्नका लागि आवश्यक सुरक्षा प्रत्याभूति तथा शान्तिपूर्ण कार्य वातावरण निर्माण गरिदिन पनि मन्त्रालयले गृहसमक्ष अनुरोध गरेको छ ।

Advertisement 2

sanghiya patra

 

प्रकाशित :२०८० असार २१, बिहीबार १५:३९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry