चौधरी ग्रुपले पोखरामा खोल्यो नेपालकै पहिलो सिजी प्लाजा, एकै थलोमा सबै सेवा–सुविधा

चौधरी ग्रुपले पहिलो पटक सिजी प्लाजा पोखरा २ अर्चलबोटमा स्थापना गरेको छ । प्लाजाको सिजीका प्रबन्ध निर्देशक निवार्ण चौधरीले बुधबार एक औपचारिक कार्यक्रमकाबीच उद्घाटन गरेका हुन् । प्लाजाको उद्घाटनपछि निर्देशक चौधरीले पोखरामा सञ्चालनमा ल्याएको जस्तै प्लाजाहरू देशका अन्य प्रदेशमा समेत क्रमशः विस्तार गर्दै जाने ग्रुपको योजना रहेको जानकारी दिए ।

Advertisement 1

तीन तलामा फैलिएको सिजी प्लाजाको भुईंतलामा सिजी मोटर्स शोरुम छ । जहाँ सिजीको ईलेक्ट्रोनिक कार ‘नेटा भी’ बिक्री र प्रदर्शनीका लागि राखिएको छ । त्यस्तै, पहिलो तलामा सिजी डिजिटल शोरुम, सिजी नेट र सिजी फ्रेस छन् । जहाँ एलजी, सिजी, गोदरेजका टिभी, फ्रिज, वासिङ मेसिन, डिस वासर, चुल्हो, मिक्सर, ग्लाईन्डर, माईक्रो ओभन, वाटर प्यूरिफाई गर्ने विद्युतीय घरायासी सामानहरु, टिसिएल, बेको, बि प्लस डी, केन्ट, एलिकालगायतका सामानहरु बिक्री तथा प्रदर्शनकीका लागि राखिएको सिजी प्लाजाका सञ्चालक तथा सिनियर म्यानेजर वसन्त पालले जानकारी दिए ।

एकै थलोमा सबै सेवा–सुविधा
सञ्चालनमा आएको प्लाजामा सबै सेवा–सुविधा उपलब्ध रहेको छ । सिजी डिजिटल सोरुमका प्रमुख सुमन घिसिडका अनुसार कम्पनीले सञ्चालनमा ल्याएको यस प्रकारको प्लाजा नेपालमै पहिलो रहेका जानकारी दिए । उनका अनुसार चारतले भवनमा रहेको प्लाजाको भुइँतलामा सिजी मोटर्स सोरुम रहेको छ जहाँ सिजीको इलेक्ट्रोनिक कार ‘नेटा भी’ बिक्री र प्रदर्शनीका लागि राखिएको छ ।

Advertisement 2

 

प्रकाशित :२०८० असार २१, बिहीबार १४:२९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry