८ लाख बराबरीको चोरी पैठारी मोटर पार्ट्स तथा मदिरासहितको बोलेरो नियन्त्रणमा

जिल्लाको सुर्योदय नगरपालिका २ टासीगाउँ इलाकाबाट असार १६ गते सशस्त्र प्रहरीले करीव ७ लाख ८२ हजार रुपैयाँ बराबरको चोरी पैठारीको मोटर पार्ट्स तथा मदिरासहितको बोलेरो पिकअप गाडी नियन्त्रणमा लिएको छ ।
Advertisement 1
प्रदेश नं १–०३–००१ ज ००१९ नम्बरको सो गाडीमा राखी भारतबाट अवैध रुपले ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको मोटर पार्ट्स तथा मदिरा प्रस्तावित सीमा सुरक्षा गुल्म पशुपतिनगरले नियन्त्रणमा लिएको हो ।
सो गाडीभित्र डिजेल पाईप ८ थान, ब्याक लाईट कभर १० थान, इन्डिकेटर लाईट २० थान, पुस अटो स्विज २ प्याकेट, कार्वन १० थान, हेडलाईट १ थान, सिसाफ्रेम १० थान तथा हिट बियर ७२ कार्टुन र सिक्किमे रम ३८ कार्टुन फेला पारिएको हो ।
Advertisement 2
बरामद मोटर पार्ट्स तथा मदिरा गाडीसहित आवश्यक कारवाहीको लागि पशुपतिनगर भन्सार कार्यालय इलाममा बुझाईएको छ ।
प्रकाशित :२०८० असार १९, मंगलवार ०७:२१
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%