राजाको विवाहमा प्रजालाइ सार्वजनिक बिदा

विवाहमा सार्वजनिक बिदा दिने पहिलो गाउँपालिका बनेको छ मुस्ताङको लोमन्थाङ गाउँपालिका । पालिकाले आइतबार सार्वजनिक सूचना जारी गर्दै गाउँपालिकाले एक जना स्थानीयको विवाहमा सोमबार सार्वजनिक बिदा दिएको हो ।

Advertisement 1

गाउँपालिका अध्यक्ष टसी न्हर्वु गुरुङले मुस्ताङी ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक राजाको सम्मानमा बिदा दिइएको बताए ।  अध्यक्ष गुरुङले भने, ‘यहाँका स्थानीय पूर्वराजा विष्टप्रति सम्मान गर्दै बिदा माग्न आउनु भएको थियो । यहाँको धार्मिक परम्परा र संस्कृतिलाई सम्मान गर्न जनप्रतिनिधिहरूकै सहमतिमा बिदा दिइएको हो ।’

गाउँपालिका अध्यक्ष गुरुङका अनुसार स्थानीय परम्पराअनुसार झिग्मी धिण्डुप फुन्छोक पलवर विष्टको विवाह ३ दिनसम्म चल्नेछ । उनको विवाह ताप्लेजुङमा हुन लागेको र बुधबार लोमन्थाङ बेहुली लिएर आइपुग्ने पनि गुरुङले जानकारी दिए ।

Advertisement 2

सूचनामा भनिएको छ, ‘प्रस्तुत विषयमा मुस्ताङ्गी ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक राजा फिग्मी सिडी पलवर विष्टका जेष्ठ सुपुत्र राजकुमार झिग्मी धिण्डुप फुन्छोक पलवर विष्टको शुभ विवाह उत्सव लोमन्थाङ गाउँपालिका क्षेत्रमा विविध कार्यक्रमका साथ मनाउन लागिएकोले मिति २०८०।०३।१८ गते सोमबारको दिन यस गाउँ कार्यपालिकाको कार्यालय मातहतका सम्पूर्ण कार्यालयहरू तथा शिक्षण संस्थाहरूमा सार्वजनिक बिदा दिइएको ब्यहोरा सम्बन्धित सबैलाई जानकारीको लागि अनुरोध छ ।’

प्रकाशित :२०८० असार १७, आईतवार २०:०१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry