स्वास्थ्य मन्त्री, मुख्य सचिव र स्वास्थ्य सचिवद्धारा अंगदान गर्ने घोषणा
स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोख खतिवडाले मृत्यु पश्चात अंगदान गर्ने घोषणा गरेका छन् । आज आयोजित राष्ट्रिय स्वास्थ्य सेवा दिवस–२०७८ को अवसरमा बोल्दै मन्त्री खतिवडाले मुत्युपश्चात् अंगदान गर्ने घोषणा गरेका हुन् । उनले आफू अंगदान गर्न इच्छुक रहेको र लिखित हस्ताक्षर गराउने व्यवस्था मिलाइदिन आग्रह गरे । मन्त्री खतिवडाले २४ औं राष्ट्रिय स्वास्थ्य सेवा दिवसको अवसरमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले मन्त्रालय परिसरमा राखेको अंगदान शिविरमा पुगेर मन्त्री खतिवडाले अंगदान गर्ने घोषणा गर्दै मञ्जुरी नामा दिएका छन् ।
मन्त्री खतिवडासँगै सोही शिविरमा पुगेर मुख्य सचिव शंकरदास बैरागी, स्वास्थ्य सचिव देवकुमारी गुरागाईं लगायतले अंगदानको लागि मञ्जुरीनामा दिएका छन् ।
Advertisement 1
प्रकाशित :२०७८ फाल्गुन १५, आईतवार १३:०५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%