दुई मन्त्रालयको नाम फेर्ने लुम्बिनी सरकारको निर्णय

लुम्बिनी प्रदेश सरकारका दुई मन्त्रालयको नाम फेरिएको छ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले प्रदेशका दुई मन्त्रालयको नाम फर्ने निर्णय गरेको हो ।

Advertisement 1

बैठकले आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको नाम परिवर्तन गरेर ‘गृह मन्त्रालय’ बनाउने निर्णय गरेको छ । त्यस्तै, आर्थिक मामिला मन्त्रालयको नाम परिवर्तन गरी ‘अर्थ मन्त्रालय’ बनाउने निर्णय भएको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला मन्त्री सन्तोष कुमार पाण्डेले जानकारी दिए ।

साथै, बैठकले करार कर्मचारी व्यवस्थापन कार्यविधि २०८० को पहिलो संशोधन गर्ने निर्णय गरेको उनले बताए । लुम्बिनी प्रदेशको स्वामित्वमा रहेको राप्ती प्रादेशिक अस्पताललाई २ सय बेडको अस्पताल बनाउने गरी कर्मचारी व्यवस्थापन (ओएनएम) को स्वीकृति प्रदान गर्ने पनि निर्णय गरेको उनले जानकारी दिए ।

प्रकाशित :२०८० असार १४, बिहीबार ०७:०३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry