यिनै हुन मालपोतको १ करोड १९ लाख राजश्व आफ्नै गोजीमा हाल्ने लेखा अधिकृत
चितवनको जिल्ला मालपोत कार्यालयका तत्कालीन अधिकृत पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान व्युरोले तत्कालीन हाकिमलाई अधिकृत रिठ्ठे दमाई लाई पक्राउ गरेको हो। उनले राज्यमा दाखिला गर्नुपर्ने १ करोड १७ लाख राजश्व हिनामिना गरी आफ्नै गोजीमा हालेका थिए । लामो समयदेखि फरार रहेका भरतपुरका ५९ वर्षीय सिआइबीको टोलीले काठमाडौंको कागेश्वरीबाट पक्राउ गरेको हो ।
Advertisement 1
सिआइबीका डिआइजी सहकुल थापाका अनुसार राजश्वबापत उठेको पैसा दाखिल नगरी नक्कली भौचर पेश गरी हिनामिना गरेका थिए । ०७४–७५ मा मालपोत कार्यालय भरतपुरमा लेखा अधिकृत हुँदा ५७ वर्षीय परियारले राजस्व उठेको पैसा नक्कली बैंक भौचर रेकर्डमा राखेर हिनामिना गरेको आरोप छ । राष्ट्रिय बाणिज्य बैंक भरतपुरको भौचर, छाप र कर्मचारीको हस्तक्षर किर्ते गरेको भेटिएपछि रिठ्ठेलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोका डिआइजी थापाले बताए । ब्यूरोले उनलाई तार्केश्वर नगरपालिका–६ जितपुरफेदीबाट पक्राउ गरेको हो । राजस्व बापत उठेको रकम रिठ्ठे सहितका सरकारी कर्मचारीको मिलेमतोमा १ करोड १७ लख हिनामिना गरिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।