न्याय परिषदको बैठक बस्दै, सर्वोच्च र उच्चमा न्यायाधीश नियुक्त गर्ने तयारी

सर्वोच्च अदालत र उच्च अदालतका न्यायाधीश नियुक्ति गर्न बुधवार (आज) न्याय परिषद्को बैठक बस्दै छ । बैठक आज दिउँसोका लागि बोलाइएको न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए ।

Advertisement 1

सोमबार बसेको परिषद्को बैठकले टुंगो लगाउन नसकेपछि आज पुनः बैठक बस्न लागेको हो । हाल उच्च अदालतमा ६ र उच्च अदालतमा ४१ न्यायाधीश पद रिक्त छन् । सर्वोच्च अदालत, मुख्य न्यायाधीश, उच्च न्यायाधीश हुँदै जिल्ला न्यायाधीश नियुक्ति गरिनुपर्नेमा उच्च अदालतको नियुक्ति पहिला गर्ने तयारी परिषद्‌ले गरेको छ। जिल्ला अदालतमा लोक सेवाको परीक्षामार्फत केही नियुक्ति गरिनुपर्ने र उच्चमा न्यायाधीश नहुँदा प्रभावित भएकाले पहिलो प्राथमिकता उच्च अदालतलाई दिन लागिएको हो।

प्रकाशित :२०८० असार १३, बुधबार ०९:२७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry