पाकिस्तानी टोली शुक्ला गण्डकीमा ! गरे खुलेरै प्रशंसा
अञ्जनकुमार ।
Advertisement 1
गरे के हुन्न ? अनि नागरिकको मन जित्न त्यति ठुलो उभद्रो नै केही गरिराख्न पनि पर्दैन । सामान्य भन्दा सामान्य कुराले पनि नागरिकको मन जित्न र वाही वाही पाउन सकिदो रैछ भन्ने दृष्टान्त हेर्न शुक्ला गण्डकी नगरपालिका तनहुँ पुग्दा पनि हुन्छ । सेवाग्राहीलाई सहजता र सेवा प्रबाहमा चुस्तता ल्याउन प्रमुख प्रशासकिय अधिकृत लीलाबल्लभ न्यौपानेले खेलेको भुमिकाले चर्चा मात्रै बटुलेको छैन छिमेकी पालिकाहरु पनि नवीन यो कार्यको अनुसरण गर्न लागिपरेका छन ।
पालिकाले सेवा प्रबाहमा कुनै कमी कमजोरी भए गुनासो गर्नका लागि सुझाव पेटिका मात्रै हैन गुनासो सुन्ने अधिकारी समक्ष प्रत्यक्ष गुनासो, समस्या र समाधानका लागि तत्कालै हल गर्न सक्ने भए हलका लागि हेल्प डेस्क मार्फत सम्बन्धित अधिकारी समक्ष गुनासो पुग्ने गरेको छ । बजेट विनोजन मात्र भन्दा पनि सेवालाई कसरी प्रभावकारी अनि जनताको गुनासो रहित बनाउन नयाँ शिरावाट अघि बढ्ने योजना बुनेको शुक्ला गण्डकीको कार्यशैली प्रति पाकिस्तानीहरु समेत चित खाएका छन । गत हप्ता मात्रै शुक्लागण्डकी नगरपालिकामा रहेको सेवा प्रवाह संचालन केन्द्रको विधि एवम् नगरपालिकाले अवलम्बन गर्दै आएको सामुदायमा आधारित संस्थाहरुको परिचालन र सहकार्यको निति सम्बन्धी अन्तरक्रिया कार्यक्रममा भाग लिन पाकिस्तानको बलुचिस्तान प्रान्तबाट शुक्ला गण्डकी आएका BRASE Programme का प्रतिनिधिमण्डल र नगरपालिका बीच भएको An Interaction program on Service Delivery Operation Center and Community Engagement Practice in shuklagandaki Municipality विषयक अन्तरक्रिया कार्यक्रममा भाग लिन आएका पाकिस्तानी टोली शुक्लागण्डकी नगरपालिकाको कार्यशैली देखेर अचम्मित मात्रै भएन यहाँका जनप्रतिनिधि र कर्मचारीहरु बीचको तारतम्यताको प्रशंसा गरेर थाकेन ।
Advertisement 2
सोही टोलीलाई कार्यालयमा सेवाप्रवाह संचालन केन्द्रको सम्बन्धमा प्रमुख प्रशासकीय अधिकृत श्री लिला वल्लभ न्यौपानेले जानकारी गराएका थिए । जनप्रतिनिधि, कर्मचारी पत्रकार सहितको कार्यक्रम नगरप्रमुख श्री कृष्णराज पण्डितले अध्यक्षता भएको थियो भने उपप्रमुख श्री खुम बहादुर बिकले अतिथि स्वागत मन्तव्य राखेका थिए। शुक्ला गण्डकीको रापिलो मौसममा पनि नगरपालिकाको मिठो आतिथ्यतामा निकै चिसो महसुस गरेको पाकिस्तानी टोलीले नगरपालिकाले संचालन गरेको सेवा प्रवाह संचालन केन्द्र र सामुदायिक विकास सम्बन्धी असल अभ्यासलाई बलुचिस्तान प्रान्त अन्तर्गतका स्थानीय तहमा अवलम्बन गर्न सहजीकरण गर्ने बताएका थिए । नगरपालिकाको सेवा प्रवाह संचालन केन्द्र प्रशंसा गर्दै विकास कार्यमा समुदायको सहभागिता,विकास कार्यहरुको मर्मतसंभार र अनुगमनको पक्षमा राखेको जिज्ञासालाई प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले प्रष्ट पारेका थिए ।
Advertisement 3
प्रशासन शाखा प्रमुख लक्ष्मण लम्सालले कार्यक्रमको सहजीकरण गर्दै सामुदायिक सहभागितात्मक विकासमा दगाम मौरीपालन विषय बारे प्रकाश पारेका थिए । भने, नगरपालिकामा संचालन भएका भौतिक पूर्वाधार विकास गतिविधि सम्बन्धमा सब ईन्जिनियर राजन गुरुङले जानकारी गराएका थिए । सहभागीका तमाम जिज्ञासाको सवाललाई भने प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले एकमुष्ट प्रस्टीकरण दिएका थिए ।