व्यापक दबाब पछि स्थानीय तह प्रदेश मातहत ल्याउने प्रस्तावबाट व्याक भयो गठबन्धन कार्यदल
चौतफी दबाब पछि सत्तारुढ गठबन्धन आफ्नो कदमबाट व्याक भएको छ ।
गठबन्धनको तर्फबाट न्युनतम साझा कार्यक्रम गत शुक्रवार सार्वजनिक भएको थियो,सो कार्यक्रमको ३ ३ को बुँदा नम्बर ५ मा समेटिएको एउटा कार्यक्रमका कारण सरोकारवालाहरुले आन्दोलनको उभार ल्याउने चेतावनी नै दिएका थिए । पूर्णबहादुर खड्काको संयोजकत्वमा गठित कार्यदलमा मीनेन्द्र रिजाल र रमेश लेखक, माओवादीबाट देव गुरुङ र वर्षमान पुन तथा जसपाबाट महेन्द्र राय यादव र राजेन्द्र श्रेष्ठ छन् । सोही कार्यदलले बनाइएको न्यूनतम साझा कार्यक्रममा ‘स्थानीय तहलाई प्रदेशको क्षेत्राधिकारभित्र ल्याउन आवश्यक कार्य गर्ने’ प्रस्ताव गरिएको छ।
सो प्रस्ताव सार्वजनिक भएसँगै सरोकारवालाहरु यसमा आपत्ति जनाउँदै नसच्याए आन्दोलन गर्ने चेतावनी दिएका थिए । यस्तो चेतावनी दिनेहरुमा गाउँपालिका राष्ट्रिय महासंघ नेपालका अध्यक्ष होमनारायण श्रेष्ठ, नेपाल नगरपालिका संघका अशोककुमार व्याञ्जु श्रेष्ठ र जिल्ला समन्वय समिति महासंघका अध्यक्ष सीता सुन्दास लगायत छन् ।
Advertisement 1
संविधानलाई ठाडो चुनौती दिइएको यो सिफारिशको चौतर्फी विरोध भएपछि संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रमबाट यो हटाएको छ ।
Advertisement 2
कार्यदलले शीर्ष नेतालाई बझुाएको प्रतिवेदन केहीबेर पछि सार्वजनिक हुँदैछ ।