जिल्लाकै नमूना पालिका बन्न पुगेको छ मर्स्याङ्दी गाउँपालिका

निकै शालीन, भद्र, मृदुभाषी त छदै छैन मर्स्याङ्दी गाउँपालिकाका प्रमुख प्रशाकीय अधिकृत प्रेमचन्द्र अर्याल । यो उनको इनर स्वभावले सेवाग्राही जति तातिएर आए पनि उत्तिखेरै सेलाउँछन् । उनी जति शालीन र भद्र छन् काममा त्यतिनै कडा देखिएका छन् र त गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङलाई सहतापूर्वक काम गर्न कुनै कठिनाई छैन ।
लामो समय एनजीओ मार्फत सामाजिक सेवामा लागेका अर्जुन गुरुङ पालिकाको अध्यक्षमा निर्वाचित भइसकेपछि लमजुङमा सबै पालिका मध्ये निकै खटिने पालिकाका अध्यक्षमा पर्छन् गुरुङ । भूगोलका हिसाबले निकै दुर्गम र बिकाशको हिसाबले निकै पछि परेको पालिका थियो मर्स्याङ्दी । सात गाविस मिलेर बनेको मर्स्याङ्दी गाउँपालिका तत्कालिन शासकहरुको असक्षमता कै कारण विकासमा निकै पछि पर्यो । मनाङ जिल्लाको द्वार मर्स्याङ्दी गाउँपालिका अहिले जिल्लाकै नमूना पालिका बन्न पुगेको छ । गाउँ गाउँमा सडक पुगेको छ । बत्ती पुगेको छ । घर घरमा खानेपानीको सुविधा छ ।  पाँच वर्षको अवधिमा ७८ किलोमिटर नयाँ सडक निर्माण भएको छ । ३४ किलोमिटर सडक स्तरोन्नति भएको छ । सडक सञ्चालन भएका तर सहज नभएका सडक स्तरोन्नति भएको हो । गाउँपालिकाभित्र हाल कुल सडक सञ्जाल १२९ किलोमिटर सडक निर्माण गरिएको छ ।
कृषि पर्यटनलाई निकै जोडतोडका साथ अगाडि बढाउने काम भएको छ । घनपोखरा, भुस्मे, सिउरुङ, भलमचौरमा २५ लाख भन्दा बढीको लगानीमा होमस्टे निर्माण गरिएको छ । च्याम्चे भीरमा रहेको तारेभीरमा रक क्लाम्बिङ, मर्स्याङदी -७ ताराचोकमा भूगोलबेत्ता डाक्टर हर्क गुरुङ पार्क निर्माण गरिएको छ ।
पालिकाका अध्यक्ष उपाध्यक्ष होमबहादुर विक र प्रमुख प्रशासकिय अधिकृतको तालमेल मिलेको छ र त आज पालिका भित्र सानाठूला कामहरु विवाद रहित ढंगले सम्पन्न भएका छन् । शिक्षा नीति बनेको छ । पालिका भित्रका गरीब जेहेन्दारलाई प्राविधिक शिक्षा अध्ययनका लागि छात्रावृत्ति प्रदान गरिएको छ । भने साठी वर्ष कटेका एकल पुरुषलाई समेत मासिक भताको व्यवस्था गरेको छ । सुत्केरी महिलाको लागि निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरेको छ ।
मर्स्याङ्दी लगायत साना नदीमा आवश्यक स्थानमा झोलुङे पुल निर्माण गरिएको छ । लोप हुन लागेको आरन व्यवसायलाई व्यवस्थित गर्नु साथै आधुनिकरणका लागि प्रोत्साहन स्वरुप पालिकाबाट सहयोग फलामको काम गर्ने समुदायलाई सहयोग गरिएको छ । बोलीमा टर्रो मिजासका भएपनि व्यवहारमा खरो भिजन भएका जनसेवालाई कर्म ठान्ने एमालेबाट निर्बाचित अर्जुन गुरुङ फेरि पनि जनताको रोजाईको पात्र बनेका छन् ।
अञ्जनकुमार हिमाली ।
प्रकाशित :२०७९ बैशाख ७, बुधबार १३:१३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry