चोरीपैठारीको सामान बरामद
कपिलबस्तु जिल्लाको कपिलबस्तु नगरपालिका ३ स्थित सेमरहवा ईलाकाबाट जेठ ३१ गते सशस्त्र प्रहरीले १ लाख ९८ हजार १ सय ७० रुपैयाँ बराबरको लत्ताकपडा तथा जुत्ता चप्पल बरामद गरेको छ ।
Advertisement 1
भारतबाट भन्सार छलि नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको सामान सशस्त्र प्रहरी बल नेपाल वीओपी मर्यादापुरले बरामद गरेको हो ।
बरामद सामान सुठौली भन्सार कार्यालयमा बुझार्ईएको छ । त्यस्तै रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका–१ डण्डा ईलाकाबाट ५ लाख ४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान तथा अटोरिक्सा सहित ३ जनालाई नियन्त्रणमा लिएको छ ।
Advertisement 2
सोही नगरपालिका बस्ने ३६ बर्षिय गुड्डि मुसलवान र ४८ बर्षिया सिता
गुरुङ्ग र सप्तरी जिल्ला घर भई हाल भैरहवा बस्ने २३ बर्षिय उमेश
पासवानलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो । लु १ ह ५२१९ नम्बरको अटोरिक्सामा राखेर भारतबाट अबैध रुपले नेपालतर्फ
ल्याउँदै गरेको ६८ जोर जुत्ता सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा
सुरक्षा गुल्म डण्डा (वीओपी डण्डा) ले बरामद गरेको हो ।
बरामद सामान भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा बुझाइएको छ ।