२२ लाखभन्दा बढी नगद र लागूऔषधसहित युवक पक्राउ

नेपालगञ्ज। बाँकेको नेपालगञ्जबाट प्रहरीले स्रोत नखुलेको रु २२ लाख बढी नगद र १५ ग्राम ५०० मिलिग्राम ब्राउनसुगरसहित १ युवकलाई पक्राउ गरेको छ। पक्राउ परेका युवकलाई बुधबार जिल्ला अदालत, बाँकेबाट ४ दिनको म्याद थप गरी हिरासतमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिएकाछन्।

Advertisement 1

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले मङ्गलबार राति नेपालगन्ज १४ का २८ वर्षीय रमेश लोनियाको घर खानतलासी गरिएको थियो। त्यस क्रममा नेपाली र भारतीय गरी रु २२ लाख ३ हजार ९१५ सहित ब्राउनसुगर बरामद गरिएको प्रहरी नायब उपरीक्षक पातलीले बताउछन्।

यस्तै, उनको घरबाट सुनचाँदीका विभिन्न गरगहना, ५ थान खुकुरी, २ थान मोटरसाइकल र १० वटा मोबाइल पनि बरामद गरेको छ। घटनामा अवरोध सिर्जना गर्न खोजेका ४ जनालाई पक्राउ गरिएको र तीमध्ये २ लाई प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा हिरासतमा लिइएको प्रहरी नायब उपरीक्षक पातलीले बताए।

प्रकाशित :२०८२ श्रावण २९, बिहीबार ०९:१८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry