संगीत र मोडलिङमा एकसाथ जम्दै सन्जु

गीत संगीतका अलवा मोडलिङमा एकसाथ जमिरहेकी छिन् सन्जु न्यौपाने । आजभन्दा साढे दुई दशक अघि स्याङ्जाको निवुवा खर्कमा जन्मिएकी उनी हुने विरुवाको चिलो पात भनेझैं सानैदेखि गीत संगीत भनेपछि हुरुक्कै हुन्थिन ।
Advertisement 1
चाहे घाँस काट्न जाँदा होस वा पानी लिन पधेँरामा जाँदै सदैव गीत गुनगुनाउने उनको बानीथ्यो । स्कूल पढ्दै गर्दादेखि नै उनको बाल मस्तिकमा ठूलो भएपछि गीत संगीतमा लाग्ने रहरथ्यो । त्यही रहरलाई पच्छ्याउँदै उनी छिरिन राजधानी खाल्डो । ०६८ सालमा एसएसलसी तह पार लगाएसँगै उनी कामको खोजीमा थिइन । मध्यमवर्गीय परिवारमा हुर्किएकी न्यौपाने सशस्त्र प्रहरीको जागिरे बनिन । तीन बर्ष नवलपरासीमा बिताइन । जागिरमा अन्तरद्धन्द शुरु भयो । उनी बन्दुकसँग होइन,कलमसँग नाता जोड्न चाहिन्थन्,साहित्य श्रृजना,गीत बजना उनको रुचीथ्यो ।
Advertisement 2
सशस्त्र प्रहरीको जागिरमा दिल रमेन र छाडिदिइन जागिर । सञ्जुका अनुसार,त्यही नवलपरासीमा आयोजना भएको एक सांष्कृतिक कार्यक्रम,त्यही भेटिएका अग्रज कलाकारहरुका कारण उनी जागिर छोड्ने मनस्थितीमा पुगिन । नवलपरासीमै एक सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो । संयोगवश,उनले पनि स्टेजमा आफ्नो कला र गला प्रस्तु्ति गर्ने मौका पाइन । त्यहाँ गायन क्षेत्रका हस्तिहरु बिमलराज क्षेत्री, राजन गुरुङदेखि राजु परियारहरु उपस्थित थिए ।
उनीहरुकै साथमा सञ्जुले पहिलो पटक प्रस्तुति दिने सौभाग्य पाइन् । भन्छन नि हरेक मान्छेको जीवनमा एक पटक अवसर आँउछ रे । हो,त्यही अवसरले उनको जीवनको नक्सा नै बदलियो । उनले त्यहाँ दिएको प्रस्तुति दर्शकमात्र नभई अग्रज कलाकारले रुचाए । राजु परियारलगायतले उनको स्वरको तारिफ गर्दै भनेको अहिले पनि सम्झिन्छिन ‘मान्छे राम्री,त्योभन्दा स्वर झन् राम्रो’ भन्दै प्रंशशा गरे । त्यहाँभेट भएका अन्य अग्रज कलाकारहरुले ‘अब तिमीलाई सन्जु न्यौपानेको परिचयले पुग्दैन, गायिका सन्जु न्यौपान बन्नुपर्दछ ।’ मान्छेका लागि सबैभन्दा महत्वपूर्ण हुन्छ हौसला ।
Advertisement 3
।
अग्रज कलाकारहरुका त्यही हौसलाका कारण मोडियो सञ्जुको पाइला । छँदाखाँदाको सरकारी जागिर छोडेर उनी आफ्नै अन्तरमनको आवाज सुनेर गाना बजनातिर फर्किइन । गायिकाको परिचय बनाउनका लागि उनी राजधानी छिरिन । गाउँकै दाजु नविन पाण्डेसँगको सहकार्यमा एल्बम निकालिन । सञ्जुलाई गायिकाको रुपमा परिचित गराउने गीत हो ‘डाली नुहेछ, हेर्दा हेर्दै बिहे गर्ने उमेर पुगेछ’ । यस्तै,मज्जा अर्कै हुन्छ नाक, खरानी लगायतका गीत चर्चित छन् ।
सञ्जुले दर्जनौं म्युजिक भिडियो, केहि साना चलचित्र (टेलिसिरियल), निर्भय (ठूलो पर्दा)मा समेत मैले कला प्रस्तुत गर्ने अवसर पाइसकेकी छिन् । उनले यही क्षेत्रमा लागेर छोटो समयमा नै देश तथा विदेशका विभिन्न कार्यक्रम गर्ने अवसर पाइसकेकी छिन् । सञ्जु आफूलाई मोडल भन्दा गायिका भन्दा आनन्द आउने सुनाउँछिन् ।