लागुऔषध दुरुपयोगविरुद्ध चेतना जगाउन प्रभातफेरी

लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्ध सचेतना जगाउन प्रभातफेरी निकालिएको छ । लागुऔषध दुरुपयोग तथा ओसार–पसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको सन्दर्भ पारेर गृह मन्त्रालयको आयोजनामा आज प्रभातफेरी निकालिएको हो ।

Advertisement 1

भृकुटीमण्डपबाट सुरु भएको प्रभातफेरी भद्रकाली मन्दिर परिक्रमा गरी पुनः भृकुटीमण्डप हुँदै राष्ट्रिय सभागृहमा पुगेर कार्यक्रममा परिणत भएको थियो । सो अवसरमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गृहसचिव दिनेश भट्टराई, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, मन्त्रालयका उच्च अधिकारी, युवा तथा विद्यार्थीलगायतको सहभागिता रहेको थियो ।

प्रभातफेरीमा सहभागीले लागुऔषधको दुव्र्यसन र ओसारपसारविरुद्ध विभिन्न जनचेतनामूलक ब्यानर, प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्रकाशित :२०८० असार ११, सोमबार ०९:२२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry