मत्स्यनारायणमा भक्तजनको घुइँचो

काठमाडौं। आजदेखि पुरुषोत्तम महिना सुरु भएसँगै राजधानीको दक्षिण पश्चिम भागमा अवस्थित मत्स्यनारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ।

Advertisement 1

हरेक ३ वर्षमा पर्ने अधिकमासमा चन्द्रागिरी नगरपालिका–९ मा रहेको उक्त मन्दिरमा १ महिनासम्म मेला लाग्ने गर्छ। यो मेलालाई मत्स्यनारायण मेला पनि भनिन्छ। आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको मत्स्यनारायण मेला व्यवस्थापन समितिको संयोजक अच्युत अधिकारीरले राससलाई जानकारी दिए।

मन्दिरसँगैको कुण्डमा स्नान गरी त्यसको मध्यभागमा रहेको भगवान् मत्स्यनारायणको दर्शन गरेमा पाप नास हुने जनविश्वास छ। साथै छालालगायत घाउ, खटिराको रोग पनि निको हुने मानिन्छ।

प्रकाशित :२०८३ जेष्ठ ३, आईतवार ११:१७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम