गहुँको बिल बनाएर युरिया मल तस्करी, ४ वटा ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा

गहुँको बिल बनाएर युरिया मल ल्याउँदै गरेका २ सहित ४ वटा ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।आइतबार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ट्रकलाई पूर्वी नवलपरासीस्थित सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस दलदलेले नियन्त्रणमा लिएको हो ।

Advertisement 1

बर्दघाटबाट काठमाडौंस्थित श्रेष्ठ किराना स्टोरको नाममा ४ सय २० बोरा गहुँको बिल बनाएर ल्याउँदै गरेको युरिया मलसहित ना ६ ख ५२६० नम्बरको ट्रक नियन्त्रणमा लिइएको हो । यसअघि गत शुक्रबार सोही प्रकृतिको बिल बनाएर अवैध रुपमा युरिया मल बोकेको ना ६ ख १८६४ नम्बरको ट्रक समेत सोही बेसले नियन्त्रणमा लिएको थियो । यसअघि गत शुक्रबार सोही प्रकृतिको बिल बनाएर अवैध रूपमा युरिया मल बोकेको ना ६ ख १८६४ नम्बरको ट्रकसमेत सोही बेसले नियन्त्रणमा लिएको थियो। यस्तै, गत १९ गते शुक्रबार नै सशस्त्र प्रहरी बल नेपाल राजस्व चुहावट नियन्त्रण सुरक्षा बेस पथलैयाले बेबी अम्रेला (बच्चाको छाता) बोकेको ट्रक नियन्त्रणमा लिएको छ। राजस्व छलीको आशंकामा ना ७ ख ७२९० नम्बरको ट्रक बारास्थित पथलैयाबाट नियन्त्रणमा लिइएको हो ।

तीनवटै ट्रक आवश्यक अनुसन्धानको लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुरमा बुझाइएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

प्रकाशित :२०८० जेष्ठ २२, सोमबार ०८:५६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry