रोकिएकै हो त कर्मचारी सरुवामा हुने चलखेल र लेनदेन ?

पछिल्लो समय निजामती सेवा बदनाम छ त सरुवा बढुवाका कारण । नियमित प्रक्रियाबाट गरिने सरुवा,बढुवामा समेत सोर्सफोर्स र आर्थिक चलखेलका कारण कर्मचारी प्रशासन बदनाम छ । विशेष गरी संघीय मामिला तथा सामान्य प्रशासन र गृह मन्त्रालय मातहतका कर्मचारी सरुवामा बढी बदनामीको आरोप लाग्दै आएको छ ।सरुवामा हुने लेनदेन र चलखेलका कारण सामान्य प्रशासन र गृह मन्त्रालय बदनाम थिए । यिनलाई कर्मचारीहरुले भन्सार मन्त्रालयका रुपमा व्यग्य गर्ने गर्दथें । अहिले उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठदेखि सामान्य प्रशासन मन्त्री अमनलाल मोदीसम्म एकै स्वरमा भन्न थालेका छन्,कर्मचारी सरुवामा हुने चलखेल तथा लेनदेन पूर्ण रुपमा रोकिएको छ ।

Advertisement 1

यसैबीच उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले आफ्नो मन्त्रालयको सरुवा बढुवामा हुने लेनदेन रोकिएको र बन्द भएको दाबी गरेका छन् ।

हिजोमात्र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले सामान्य प्रशासनमा विगतमा कर्मचारी सरुवामा आर्थिक लेनदेनको हल्ला चल्ने गरेकोमा आफूले मन्त्रालय सम्हालेपछि त्यसको अन्त्यका लागि निक्र्यौल भएका बिचौलिया र दलाललाई मन्त्रालय प्रवेशमा निषेध गरेको उद्घोष गरे ।

Advertisement 2

नेपाल राष्ट्रिय कर्मचारी संगठनद्वारा इटहरीमा आयोजना गरेको कर्मचारीहरुको लागि प्रदेश स्तरीय प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रममा भाग लिन सुनसरी पुगेका उनले आफूले मन्त्रालय सम्हाले पछि मन्त्रालयमा दलाल र विचौलियालाई प्रवेश निषेध गरिएको जनाएका छन् । उनले आफूले मन्त्रालय सम्हाले यता सुशासनको पक्षमा दर्जनौँ दुरगामी निर्णय भएका र सरुवामा आर्थिक लेनदेन गरेको एउटा मात्रै प्रमाण भेटिएको खण्डमा किन्तु परन्तु कसैलाई नछाड्ने उद्घोष गर्न भ्याए ।

प्रशासन क्षेत्रको व्यापक सुधारका लागि अब दण्ड र पुरस्कारको पनि विधि स्थापित गर्न खोजिरहेको समेत मन्त्री मोदीले बताइरहँदा यता, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि आफूले मन्त्रालय सम्हाले पछि सरुवा र बढुवामा हुने लेनदेन बन्द भएको उनको दाबी गर्दै भनेका छन्,मन्त्रालयको कसैले लिएको थियो भने बन्द भयो । विचौलियाले पनि पैसा लिन्छन् भन्ने सुन्दैछु, उनले चेतावनी दिँदै भनेका छन्,खबरदार कोही कसैले बढुवा र सरुवाको निम्ति नाजायज लाभ लिएको छ भने दिनेलाई पनि जेल हाल्छु, लिनेलाई पनि जेल हाल्छु ।

प्रकाशित :२०८० जेष्ठ २१, आईतवार १२:१७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry