कर्मचारीको तलब नबढ्ने, भष्टाचार बढ्ने

देशको अर्बुद रोग बनेको भ्रष्टाचार दिन प्रतिदिन बढ्दो छ। गर्छु कसैले नभन्ने तर गर्न कसैले बाँकी नराख्ने कर्म भएको छ भ्रष्टाचार। सार्वजनिक ओहोदामा रहने लगभग सबैले गर्ने तर गरेको छु भन्न नचाहने कर्म हो भ्रष्टाचार। व्यक्तिगत फाइदाको निमित्त सार्वजनिक हैसियतको दुरूपयोग गर्नु नै भ्रष्टाचार हो।

Advertisement 1

तलबको अतिरिक्त राष्ट्रसेवकहरूले पाउने सबै प्रकारका भत्ता खारेज गर्ने घोषणा सरकारले गरेको छ । आगामी आवमा प्रोत्साहन, अतिरिक्त समयलगायतका सबै प्रकारका भत्ता खारेज गर्ने घोषणा बजेटमै आएको हो । राष्ट्रसेवक कर्मचारीको तलबमान कम भएका कारण भ्रष्टाचार बढेको पूर्व प्रशासकहरु बताउँछन् । राष्ट्रसेवक कर्मचारीको तलबमान कम हुँदा भ्रष्टाचार नियन्त्रणमा कठिनाइ भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ठहर छ। अघिल्लो बर्ष सरकारलाई ८१ वटा सुझाव दिँदै आयोगले राष्ट्रसेवक कर्मचारीको तलबमानमा पुनरावलोकन गर्न सुझाव दिएको हो। मूल्य वृद्धि तथा खर्चभन्दा आम्दानी कम भएका कारण राष्ट्रसेवक कर्मचारीले घुस लिने गरेका भन्दै तलबमानमा वृद्धि भए भ्रष्टाचार नियन्त्रणमा सहयोग पुग्ने आयोगको ठहर छ।

सरकारले पर्याप्त सेवा सुविधा नदिएकोले निजामति सेवामा भ्रष्टाचार बढेको कर्मचारी कर्मचारी संगठनहरुले बताएका छन् ।झन्झटिलो प्रक्रियाका कारण सेवाग्राहीले सास्ती पाउने र कर्मचारीहरुले त्यसैको फाइदा उठाउने गरेकाले भ्रष्टाचार बढेको छ ।

प्रकाशित :२०८० जेष्ठ १६, मंगलवार १२:२४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry