कर्मचारीको प्रोत्साहन र अत्तिरिक्त भत्ता काटिदा प्रति सांसद ५ करोड विनियोजन

सरकारले आर्थिक वर्ष २०८०/०८१ का लागि कूल बजेट १७ खर्ब ५१ अर्ब बजेट विनियोजना गरेको छ। विनियोजित बजेटमा विवादित सांसद कोषलाई व्युँताइएको छ । विष्णु पौडेल अर्थमन्त्री हुँदा खारेजीमा परेको संसद विकास कोषलाई फेरि व्युँताएको छ ।
Advertisement 1
अर्थमन्त्री प्रकाशरण महतले आगामी आगामी आर्थिक वर्षमा सांसद विकास कोषमा प्रतिसांसद ५ करोड रुपैयाँ दिने भएको छ । प्रत्यक्ष निर्वाचित प्रत्येक सांसदले ५ करोड खर्च गर्न पाउनेगरी सरकारले बजेटमा सांसद विकास कोष ब्युँताएर ८ अर्ब २५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
सांसदहरूले आफ्ना पार्टीका कार्यकर्ता पोस्न यो बजेट खर्च गर्ने गरेको र अनियमितता हुने गरेको भन्दै यस्तो बजेट व्यवस्था नगर्न लविङ हुँदै आएको थियो । यसप्रकारको बजेट व्यापक विरोध भएपछि चालु आर्थिक वर्षमा व्यवस्था गरिएको थिएन ।तर यस पटकको बजेटमा सांसद कोषलाई व्यँुताइएको हो ।
Advertisement 2
यसरी सांसद कोषलाई व्युँताइदै गर्दा सरकारले कर्मचारीको प्रोत्साहन र अतिरिक्त समय काम गरेबापत दिइने भत्ता समेत खारेज गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री प्रकाशशरण महतले स्रोतमा परेको चापलाई मध्यनजर गर्दै प्रोत्साहन र अतिरिक्त समय भत्ता खारेज गरिएको घोषणा गरेका हुन् ।