४ हजार घुससहित रंगेहात समातिए प्रहरी नायव निरीक्षक

पसल सञ्चालकसँग ४ हजार घुस माग्ने प्रहरी अख्तियारको फन्दामा परेका छन् । धनुषामा कार्यरत नेपाल प्रहरीका नायव निरीक्षक देवकीलाल चौधरी घुस रकमसहित रंगेहात पक्राउ परेका हुन ।

Advertisement 1

धनुषास्थित नगराइन नगरपालिका २ जटहीस्थित पसलका सञ्चालकसँग घुस ४ हजार रूपैयाँ घुस लिँदै गरेको रंगेहात नियन्त्रणमा लिएको हो ।

ती पसलेसँग पसल सञ्चालन गर्न मासिक रुपमा रकम दिनुपर्ने अन्यथा पसल सञ्चालन गर्न नदिने भनेर थर्काउँदै घुस लिएका हुन् । उनले घुस रकम लिँदै गर्दा अख्तियार टोलीले पक्राउ गरेको हो ।

Advertisement 2

उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

प्रकाशित :२०७९ कार्तिक १८, शुक्रबार १९:४७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry