यस पटकको भोटो देखाउने जिम्मेवारी लेखापाललाई

रातो मच्छिन्द्रनाथको भोटो आज देखाइदै छ । आज साँझ ५ बजे रातो मच्छिन्द्रनाथको रथबाट भोटो देखाउने कार्यक्रम रहेको गुठी संस्थान कार्यालय ललितपुरले जानकारी दिएको छ । गुठी संस्थान ललितपुरका प्रमुखले मच्छिन्द्रनाथको भोटो देखाउने चलन भएपनि यसपालि लेखापाल पवन आचार्यको टाउकोमा उक्त जिम्मेवारी आइलागेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा गुठी संस्थानका लेखापाल आचार्यले आज साँझ रातो मछिन्द्रनाथको भोटो देखाउने भएका हुन ।
Advertisement 1
सबैभन्दा लामो जात्राको रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथयात्राअन्तर्गत ललितपुरको जावलाखेलमा भोटो देखाउन लागिएको हो। रातो मच्छिन्द्रनाथलाई बर्षा र सहकालको देवता पनि मानिन्छ ।रातो मच्छिन्द्रनाथ र मीननाथको रथ लगनखेलको थटीचोकबाट जावलाखेल पुगेको चौथो दिन रातो मच्छिन्द्रनाथको भोटो देखाउने परम्परा छ। वैशाख शुक्ल प्रतिपदामा सुरू भएर आषाढ शुक्ल चतुर्थीसम्म रातो मच्छिन्द्रनाथको रथयात्रा चल्छ। यससँगै मछिन्द्रनाथलाई सानो खटमा राखी बुङमतीमा लगेपछि जात्रा समापन हुनेछ।
वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको भोटो आज देखाइँदै छ । वैशाख शुक्ल प्रतिपदाको दिनबाट शुरु भएको रातो मच्छिन्द्रनाथको रथयात्रा भोटो देखाएपछि औपचारिक रुपमा सम्पन्न हुने गर्दछ ।
Advertisement 2
मल्लकालमा कर्कट नागकी श्रीमतीको उपचार गरेबापत एक किसानले पाएको बहुमूल्य गहना र हिराजडित भोटोसम्बन्धी विवाद सुल्झाउन हरेक वर्ष रातो मच्छिन्द्रनाथको भोटो देखाइने किंवदन्ती छ ।
आज गृह मन्त्रालयले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा समेत दिएको छ । करिब एक हजार ६०० वर्षको इतिहास बोकेको रातो मच्छिन्द्रनाथको रथयात्रा हेर्न उपत्यकासहित अन्य जिल्लाका भक्तजनहरुको ओइरो लाग्ने गर्दछ ।