कीर्तिमानी मूल्यबाट १२ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं। नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य प्रूतितोला १२ सय रुपैयाँले घटेको हो।

Advertisement 1

आइतबारका लागि छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार १ सय रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ। यसअघि शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार ३ सय रुपैयाँ रहेको थियो।

उक्त मूल्य नेपाली बजारमा अहिलेसम्म पुगेको सबैभन्दा उच्च मूल्य हो। शुक्रबार प्रतितोला १७९५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतबारका लागि १७५० रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ।

प्रकाशित :२०८१ भाद्र २३, आईतवार ११:११

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry