मध्य रातमा खटेर २ सय २७ किलो गाजासहित दुई जनालाई नियन्त्रणमा
डगडग काम छुट्ने चिसो । प्रहरीको सेवा रात दिन भन्न पाईँदैन । जतिसुकै बेला पनि तयारी अवस्थामा बस्नुपर्छ । कतिबेला के हुन्छ भन्न सकिँदैन ।यसरी रात दिन सेवामा खटिरहेका शसस्त्र प्रहरी बलले मध्य रात लागु औषध २ सय २७ किलो गाजासहित दुई जनालाई पक्राउ गरेको छ ।
Advertisement 1
शसस्त्र प्रहरीले बल सुनसरीले लागु औषध २ सय २७ किलो गाजासहित दुई जनालाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा चालक र सहचालक रहेका छन् । धनकुटा घर भई हाल सिधुवा वस्ने ३४ बर्षे चन्द्र थापा क्षेत्री र सहचालक तेह्रथुम घर भई हाल ओख्खे वस्ने २८ बर्षे चुणामणि कटवाल पक्राउ परेका छन् ।
साढे एक बजेको समयमा जिल्ला सुनसरी धरान उपमहानगर १३ स्थित शिवधारा चकप्वाईन्ट ईलाकामा धनकुटाबाट ईटहरी तर्फ आउदै गरेको प्र.१-०२-००१ ख ९४८९ नम्बरको टाटा मिनी ट्रकलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश धरान बाट खटिएको टोलीले लागु औषध २ सय २७ किलो गाजासहित दुई जनालाई पक्राउ गरेको सशस्त्र प्रहरी नेपाल कोसी प्रदेश बराह बाहिनी मुख्यालयका डीआइजी अञ्जनीकुमार पोखरेलले बताए । उनका अनुसार सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजाल सहित ७ जनाको टोलिले संका लागी चेकजाच गर्ने क्रममा लागु औषध २ सय २७ किलो गाजासहित दुई जनालाई पक्राउ गरेको जनाए ।
Advertisement 2
आवश्यक कारवाहीको लागी ईलाका प्रहरी कार्यालय धरानमा बुझाईएको सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण हे.क्वा. सुनसरीका सुचना अधिकारी सशस्य प्रहरी नायव उपरीक्षक प्रेम प्रसाद सिग्देलले जानकारी दिनुभयो ।
डीआइजी अञ्जनीकुमार पोखरेलले कोसी प्रदेश बराह बाहिनी मुख्यालयको नेतृत्व सम्हालेसँगै पछिल्लो समय नाकाबाट चोरी पैठारी नियत्रण हुँदै गएको छ ।आइतबार कचनकवल–४ स्थित पूर्वी लोदावारि नाकाबाट ११५ कार्टुन चाइनिज फुजि स्याउ बरामद गरेको थियो भने हिजो भारतिय नंम्वर प्लेटको सवारी साधन सहित अवैध सामानहरु पक्राउ गरेको छ ।
Advertisement 3