मालपोत र नापी कार्यालयको सदाचारिताको मापन गरिने
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा दामोदर रेग्मीले मालपोत र नापी कार्यालयको सेवा प्रवाहलाई गुनासोरहित र सदाचारयुक्त बनाउनु प्राथमिक कार्यसूचि रहेको बताएका छन् ।
Advertisement 1
मालपोत र नापी कार्यालयका कर्मचारीहरुसंगको नियमित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले अव नापी र मालपोत कार्यालयको सेवा प्रवाह गुनासो र कार्यालय व्यवस्थापनलाई मूल सूचक बनाइ सवै कार्यालयहरुलाई ए बि सि र डि वर्गमा राखि यस वर्गीकरणलाई कार्यसम्पादन मूल्यांकनको आधार वनाइने कुरा उनले बताएका छन् ।
मन्त्रालयले सघन रुपमा सवै कार्यालयको स्थितिको अनुगमन गरिरहेको हुदा महानिर्देशकहरु कार्यालय प्रमुखहरु र सवै कर्मचारीले आफ्नो कार्यसम्पादन सेवाग्राहीमैत्रीय बनाउन दत्तचित्त रहन उनले आग्रह समेत गरेका छन् । नापी र मालपोत कार्यालयहरुवीच नियमित समन्वय नहुदा सेवाग्राहीहरुले दुख पाउने गरेकोले यी दुइ कार्यालयहरुको समन्वयलाई प्रभावकारी वनाउन दुवै विभागका महानिर्देशकहरु तत्पर रहनु पर्ने र कार्यालयको अभिलेखमा कार्यालयका कर्मचारीको मात्र पहुंच रहने व्यवस्था मिलाउन र लेखापढी व्यासायीहरुको कार्यालयको अभिलेखमा पहुंच हुने कामलाई पूर्णत निरुत्साहन गर्ने व्यवस्था मिलाउन नापी र मालपोत विभागका महानिर्देशकहरुलाई उनले अनुरोध गरे । यसैवीच अर्को कार्यक्रममा सचिव डा रेग्मीले देशको सवल अर्थतन्त्र निर्माण गर्न सहकारी अभियानलाई प्रभावकारी रुपले संचालन गर्न सवै सरोकारवालाहरुको सहकार्यलाई विस्तार गर्नु पर्ने कुरा वताए ।
Advertisement 2
सहकारीमा सकारत्मक प्रबृत्तिको प्रबर्ध्दन र नकारात्मक प्रवृत्तिको नियन्त्रण अहिलेको अवश्यकता रहेको उनले बताए ।सहकारी विभागका रजिष्ट्रार रुद्र प्रसाद पण्डितले सहकारीमा स्वच्छता र सहकार्य अहिलेको आवश्यकता रहेको बताए। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष काशीराज दाहालले सहकारी अभियानलाइ अर्थतन्त्रको प्रमुख आधार बनाउन मन्त्रालयले गरेको प्रयासको सराहना गरे । राष्ट्रिय सहकारी विकास बोर्डका सह अध्यक्ष मित्रराज दवाडीले स्वच्छ सहकारीता अहिले सवैको चाहना रहेको बताए ।