डीआईजी कडायतलाई प्रहरी प्रवक्ताको जिम्मेवारी
नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक (डीआईजी) कुवेर कडायतलाई दिइएको छ।
Advertisement 1
प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका अनुसार नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका कामकारबाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सञ्चारमाध्यमहरूमा सम्प्रेषण गर्नका लागि डीआईजी कडायतलाई उक्त जिम्मेवारी प्रदान गरिएको हो।
उनी प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत थिए । डीआईजी कडायत केही दिनअघिमात्रै डीआईजीमा बढुवा भएका थिए । कडायतले एसएसपी हुदाँ पनि केही समय प्रवक्ताको जिम्मेवारी सम्हालेका थिए ।
Advertisement 2
यसअघि प्रहरी प्रवक्ताको जिम्मेवारीमा रहेका डीआईजी पोषराज पोखरेलको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा सरुवा भएका छन् ।
प्रकाशित :२०८० बैशाख १५, शुक्रबार ०९:४९
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%